
काठमाडौ : नवनियुक्त खानेपानीमन्त्री निशा मेहताले पदभार ग्रहण गर्नु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रीको समेत जिम्मेवारी पाउनु भएकी मेहताले खानेपानी मन्त्रालयको आज मात्र पदभार ग्रहण गर्नु भएको हो ।
खानेपानी मन्त्रालय, खानेपानी तथा ढल व्यवस्थापन विभाग, खानेपानी तथा सरसफाइ सँग सम्बन्धित विभिन्न निकायका प्रमुख तथा प्रतिनिधीहरुको उपस्थितिमा खानेपानी मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री मेहताले खानेपानी र सरसफाइ क्षेत्रमा सुधार र सुरक्षित खानेपानीको पहुँच सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो।

मन्त्री मेहताले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको भने शुक्रबार नै पदभार ग्रहण गरिसक्नु भएको छ।


246 पटक हेरिएको 

