पिउने पानीको गुणस्तर परीक्षण सम्बन्धी चारदिने तालिम जारी

  वास खबर संवाददाता  114 पटक हेरिएको

काठमाडौं : पिउने पानीको गुणस्तर परीक्षण सम्बन्धी चार दिने तालिम काठमाडौंको नयाँ बानेश्वरस्थित वातावरण र जनस्वास्थ्य संस्था(एन्फो) को तालिम हलमा भैरहेको छ। फिल्ड टेस्ट किटको प्रयोग मार्फत पिउने पानीको गुणस्तर परीक्षण सम्बन्धी सहभागीहरूको ज्ञान र सीप अभिवृद्धि गर्ने उद्देश्यले तालिम आयोजना गरिएको हो।

वातावरण र जनस्वास्थ्य संस्था(एन्फो) को आयोजनामा मंगलबार देखि भैरहेको तालिममा जीवनपुर र छत्रेदेउरालीका स्वास्थ्य चौकीका प्रतिनिधि, रतौली युवा क्लब, ह्याबिट्याट फर ह्युम्यानिटी नेपाल, नेसनल कन्जरभेसन डेभलपमेन्ट सेन्टर, संकल्प नेपाल, शान्ति जन आदर्श सेवा केन्द्र, शिवनगर युवा क्लब तथा काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका प्रतिनिधिसहित कुल नौ जना सहभागी रहेका छन्।

सहभागीहरूले तालिम अवधिभर सुरक्षित पिउने पानीका विशेषता, यसको स्वास्थ्यमा पर्ने प्रभाव, नमुना संकलन प्रक्रिया तथा फिल्ड टेस्ट किट प्रयोग गरेर पानी परीक्षण गर्ने व्यावहारिक सीप हासिल गर्ने तालिम प्रशिक्षक शोभा रानाले जानकारी गराउनुभयो। तालिम सम्पन्न भएपछि सहभागीहरू आफ्ना कार्यक्षेत्रमा पिउने पानीको गुणस्तर परीक्षण गर्न सक्षम हुनेछन्।

चार दिनसम्म सञ्चालन हुने यो तालिम चैत २८ गते समापन हुनेछ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार