
काठमाडौ : काठमाडौँको थापाथलीस्थित सुकुमवासी बस्ती खाली गर्ने क्रममा डोजर चलाउँदा शनिबार फुटेको पाइपको मर्मत कार्य सुरु भएको छ । सडक विभाग र महनगर प्रहरीको समन्वयमा मर्मत कार्य भैरहेको काठमाडौ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले जनाएको छ ।
शनिबार बिहान बस्ती खाली गर्न डोजर चलाउँदा केयूकेएलको भल्भमा क्षति पुग्दा माइतीघर र एकान्तकुना क्षेत्रमा खानेपानी आपूर्ति बन्द भएको थियो।
भल्भहरू मर्मत भैरहेको र केही समय लाग्न सक्ने केयूकेएलले जनाएको छ ।


96 पटक हेरिएको 

