खानेपानीका लागि जारी सत्याग्रह तोडियो

  वास खबर संवाददाता  93 पटक हेरिएको

विदुर : नुवाकोटको विदुरमा सञ्चालित विदुर खानेपानी बचाउ अभियान अन्तर्गत बसेको सत्याग्रह तोडिएको छ।

विदुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका सचिव रघुनाथ रिमालले राखेका मागहरू विदुर नगरपालिकाले सम्बोधन गर्ने प्रतिबद्धता पछि नगरपालिकाका मेयर राजन श्रेष्ठले जुस खुवाउँदै औपचारिक रूपमा सत्याग्रह तोडाएका हुन्।

विदुर वडा नं. ५ को समस्या समाधान, पानी दुरुपयोग नियन्त्रण, नगर विकास कोषको करिब २८ करोड ऋण सम्बन्धी विषय तथा निरन्तर घाटामा रहेको संस्थालाई धरासायी हुनबाट जोगाउने उपायबारे सर्वपक्षीय छलफल गर्नुपर्ने माग राखेर रिमालले हिजोदेखि नगरपालिकाकै प्राङ्गणमा सत्याग्रह सुरु गर्नुभएको थियो।

यी विषयमा थप छलफल गरी उपयुक्त समाधान खोज्न आगामी २५ गते सर्वपक्षीय भेला आयोजना गरिने विदुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले जनाएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार