
काठमाडौं : त्रिभुवन विश्वविद्यालयले काठमाडौ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) सहित १७ वटा संघ-संस्थालाई ३५ दिनभित्र जग्गा खाली गर्न पत्र काटेको छ ।
त्रिविको सामान्य प्रशासन महाशाखाले जग्गा अतिक्रमण गरी बसेका संघ(संस्था र संगठनलाई ४ वैशाखमा ३५ दिने सूचना जारी गरेको थियो । सोही सूचनाका आधारमा केयूकेएल सहित १७ वटा संघ–संस्थालाई जग्गा खाली गर्न पत्राचार गरेको हो ।
त्रिभुवन विश्वविद्यालय परिसर भित्र काठमाडौ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को कीर्तिपुर शाखाको प्रशासनिक भवन, रिजर्भ्वायर लगायत खानेपानीका विभिन्न संरचनाहरु, पम्प हाउस लगायत संरचनाहरु निर्माण गरिएका छन् ।
त्रिविको २ हजारभन्दा बढी रोपनी जग्गामा निजी देखि धार्मिक सम्मका संघ–संस्थाले प्रयोग गरेको पाइएको छ । त्रिविको ‘जग्गा तथा अचल सम्पत्ति छानबिन समितिको प्रतिवेदनको आधारमा त्रिविले जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु गरेको हो ।
त्रिविको स्वामित्वमा रहेको कीर्तिपुरमा मात्रै करिब १ हजार ५ सय रोपनी जमिन भोगचलनका हिसाबले विभिन्न संस्थाको मातहतमा गइसकेको प्रतिवेदनमा उल्लेख छ।
त्रिविले पत्र काटेका १७ संघ-संस्था
• काठमाडौँ उपत्यका खानेपानी लिमिटेड
• नेपाल क्रिकेट संघ
• कीर्तिपुर नगरपालिका
• ल्याबरोटरी माध्यमिक विद्यालय
• नेपाल नेत्रज्योति संघ
• रक्तसञ्चार केन्द्र
• बीपी कोइराला मेमोरियल प्लानेटोरियम
• कृषि बागबानी केन्द्र
• नेपाल प्राध्यापक संघ
• त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ
• त्रिवि कर्मचारी संघ
• नेपाल बैंक लिमिटेड
• ग्लोबल आईएमई बैंक
• आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र
• राधास्वामी सत्संग व्यास नेपाल
• नेपाल विद्युत् प्राधिकरण
• कविन्द्र जेभी


80 पटक हेरिएको 

