केरवानी खानेपानी संस्थामा त्रिपक्षीय प्रतिस्पर्धा, अध्यक्षमा दिपक पौडेल निर्वाचित

  वास खबर सम्बाददाता  165 पटक हेरिएको

देवदह : केरवानी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको अध्यक्षमा दिपक पौडेल निर्वाचित हुनुभएको छ । संस्थाको आठौं साधारणसभा तथा तेस्रो अधिवेशनबाट निकटतम प्रतिद्वन्द्वी घनश्याम डुम्रेसँग १०७ मतान्तरले पौडेल विजयी हुनु भएको हो।

पौडेलले ५०४ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वी घनश्याम डुम्रेले ३९७ मत प्राप्त गर्नुभयो। त्रिपक्षीय प्रतिस्पर्धी रहेको चुनावमा अर्का उम्मेदवार जागेश्वर पंगेनीले भने १६२ मत ल्याउनु भएको थियो।

उपाध्यक्ष पदमा दानबहादुर थापा ३४८ मत सहित निर्वाचित हुनुभयो । उहाँका प्रतिस्पर्धी खेमनारायण काफ्लेले २८७ र बलिराम भरले २५६ मत प्राप्त गर्नुभयो। यस्तै सचिवमा पिताम्बर खरेल ३९७ मत सहित विजयी हुनुभयो। उहाँका निकटतम प्रतिद्वन्द्वी चित्रबहादुर गुरुङले ३१० तथा नवराज काफ्लेले १९२ मत प्राप्त गर्नुभएको थियो।

सह–सचिवमा शोभा भाट क्षेत्री ३३३ मत सहित निर्वाचित हुनुभयो। उहाँका प्रतिस्पर्धी बत्ती थापाले २३८ र गीता शर्माले २७७ मत प्राप्त गर्नुभएको थियो।

यस्तै कोषाध्यक्षमा रामप्रसाद पंगेनी ४०८ मतसहित विजयी हुनुभयो। उहाँका प्रतिद्वन्द्वी मनोज कुँवरले २४६ र विष्णुप्रसाद अर्यालले २४० मत प्राप्त गर्नु भएको थियो।

कार्यसमिति खुल्ला सदस्यमा ण प्रसाद न्यौपाने, घनश्याम पंगेनी र हरिराम अहिर निर्वाचित हुनुभयो। महिला सदस्यमा दिलु थापा मगर र इश्वरी देवी पोखरेल विजयी हुनुभयो।

लेखा समिति संयोजकमा मोहन गिरी २७० मत सहित निर्वाचित हुनुभयो। उहाँका निकटतम प्रतिस्पर्धी रामबहादुर पराजुलीले २४५ मत प्राप्त गर्नुभयो भने लेखा समिति सदस्यमा चन्द्रकान्त न्यौपाने र कृष्णकुमारी कँवर जोगी निर्वाचित हुनुभयो।

निर्वाचन समितिका अनुसार कुल १,२६५ मतदातामध्ये सोही संख्यामा मत खसेको थियो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार