
कैलाली : लम्की साना सहरी खानेपानी संस्थाको आठौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष तेज बहादुर चलाउनेको अध्यक्षता तथा महेन्द्र बहादुर शाहीको प्रमुख अतिथ्यमा साधारण सभा सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि महेन्द्र बहादुर शाहीले प्रदेशमा खानेपानीको वर्तमान अवस्थाबारे धारणा राख्नुभयो। नगर प्रमुख सुनीता शाहीले खानेपानीलाई नगरपालिकाको प्राथमिकतामा राखिएको र बजेट विनियोजन समेत गरिएको बताउनुभयो।
त्यसैगरी कार्यक्रमका विशिष्ट अतिथि तथा राष्ट्रिय साना सहरी खानेपानी महासंघका अध्यक्ष खेमराज ओलीले खानेपानी क्षेत्रमा लगाइएको कर, विद्युत महसुलमा छुट हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले खानेपानी संस्थाले नगर विकास कोषबाट लिएको ऋणको ब्याजदर घटाउनुपर्ने बताउनुभयो।
नगर विकास कोषका सुवास पन्थले खानेपानी आयोजनामा नगर विकास कोषले महत्वपूर्ण भूमिका खेलेको जानकारी दिनुभयो।



82 पटक हेरिएको 

