
काठमाडौं : खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल (फेडवासन) ले खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाहरुका समस्या समाधानका लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सहित चार मन्त्रालयमा ध्यानाकर्षण पत्र बुझाएको छ ।
महासंघले २०८३ जेठ ६ गते काठमाडौंमा आयोजना गरेको “खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाहरुको समस्या र समाधान” विषयक राष्ट्रिय परामर्श भेलामा सहभागी देशभरका प्रतिनिधि तथा सरोकारवालाहरुबाट प्राप्त सुझाव समेटेर प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, अर्थमन्त्रालय, पूर्वाधार विकास मन्त्रालय र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा ध्यानाकर्षण पत्र बुझाएको महासंघका राष्ट्रिय अध्यक्ष राजेन्द्र अर्यालले जानकारी दिनुभयो।
महासंघका राष्ट्रिय अध्यक्ष अर्यालले खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाहरुले भोगिरहेका समस्या समाधानका लागि आवश्यक पहल गर्न आग्रह गर्नुभएको छ। उहाँका अनुसार खानेपानी तथा सरसफाइ सेवाको दिगो व्यवस्थापन, उपभोक्ता संस्थाहरुको अधिकार संरक्षण, आवश्यक नीति सुधार तथा स्थानीय तहसँगको समन्वयलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराइएको हो।
ध्यानाकर्षण पत्र




577 पटक हेरिएको 

