आयोजना निर्देशक श्रेष्ठद्वारा पदभार ग्रहण

  वास खबर सम्बाददाता  1880 पटक हेरिएको
🔗
1,139
Shares

काठमाडौ : आयोजना कार्यान्वयन निर्देशनालय (PID) का आयोजना निर्देशक ई.राम कुमार श्रेष्ठले पदभार ग्रहण गर्नु भएको छ। राष्ट्रिय खानेपानी तथा सरसफाइ अनुसन्धान नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्रको कार्यकारी निर्देशक बाट निर्देशनालयमा सरुवा हुनु भएका आयोजना निर्देशक श्रेष्ठले आजै पदभार ग्रहण गर्नु भएको हो।

कार्यकारी निर्देशक श्रेष्ठ सहित अन्य सहसचिवहरुको यही जेठ ८ गते मन्त्री स्तरीय निर्णयबाट सरुवा गरिएको थियो । मन्त्रालय स्रोतका अनुसार तत्कालीन खानेपानी मन्त्रालयको खानेपानी महाशाखाका प्रमुख मीना श्रेष्ठलाई अनुसन्धान नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र नगरकोटमा सरुवा गरिएको छ । यस्तै आयोजना कार्यान्वयन निर्देशनालयका आयोजना निर्देशक टिका चौधरीलाई खानेपानी तथा ढल व्यवस्थापन कार्यालय विराटनगरमा सरुवा गरिएको छ ।

खानेपानी तथा ढल व्यवस्थापन विभागका उपमहानिर्देशक माधव अधिकारीको भने मन्त्रालय सरुवा गरिएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार