
बाँके : राष्ट्रिय साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघको बाँके–बर्दिया जिल्ला भेलाले कर्ण कठायतको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ।
नवगठित कार्य समितिको उपाध्यक्षमा तोग राज गिरी, सचिव बालकुमारी सापकोटा, सह-सचिवमा हिरालाल केसी, कोषाध्यक्षमा भुपाल वली चयन हुनु भएको छ। यस्तै सदस्यहरुमा कृस्त बहादुर पुन, डम्बर बहादुर खत्री, मेहलाल शर्मा, तुल्सा ज्ञवाली, कमाुरी विष्ट र गोविन्द खत्री चुनिनु भएको छ ।
कार्यक्रमको अध्यक्षता महासंघका लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप गौतमले गर्नुभएको थियो ।

महासंघका केन्द्रीय अध्यक्ष खेमराज ओलीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विशिष्ट अतिथि संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालय नेपालगन्जका सिनियर डिभिज्नल इन्जिनियर देवेन्द्र झा, महासंघका सल्लाहकार शंकर गौतम तथा प्रदेश समिति र उपभोक्ताहरूको उल्लेखनीय उपस्थिति थियो।
भेलामा खानेपानी तथा सरसफाइ क्षेत्रका समसामयिक विषयमा छलफल हुनुका साथै संगठन सुदृढीकरण, उपभोक्ताको हित संरक्षण तथा सेवाको गुणस्तर अभिवृद्धिका विषयमा विशेष जोड दिइएको थियो।



243 पटक हेरिएको 

