लेखनाथ खानेपानी उपभोक्ता संस्थाको रजतजयन्ती तथा २१औँ साधारणसभा सम्पन्न

  वास खबर समाचारदाता  140 पटक हेरिएको
🔗
9
Shares

पोखरा : लेखनाथ खानेपानी उपभोक्ता संस्थाको रजतजयन्ती समारोह, २१औँ साधारणसभा तथा छैटौँ अधिवेशन संस्थाका अध्यक्ष मुरारी शर्माको अध्यक्षतामा सम्पन्न भएको छ।

कार्यक्रमका विशिष्ट अतिथि एवं राष्ट्रिय खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघका अध्यक्ष ओलीले सरकारले गर्नुपर्ने धेरै काम उपभोक्ता संस्थाहरूले गर्दै आएको बताए। खानेपानी क्षेत्रलाई राज्यले पर्याप्त प्राथमिकता नदिँदा नागरिकहरू स्वच्छ खानेपानीबाट वञ्चित हुनुपरेको उहाँको भनाइ थियो।

उहाँले लेखनाथ खानेपानी उपभोक्ता संस्था नेपालकै सफल खानेपानी संस्थामध्ये एक रहेको उल्लेख गर्दै संस्थाको सफलतामा कर्मचारीहरूको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो। खानेपानी मन्त्रालय नै नभएको अवस्थादेखि हालसम्मको यात्रालाई स्मरण गर्दै उनले सरकारले ल्याएका केही ऐन तथा नियमावलीप्रति असन्तुष्टि व्यक्त गर्नुभयो।

अध्यक्ष ओलीले स्थानीय तहलाई उपभोक्ता संस्थाको खारेजी तथा विघटन गर्ने अधिकार दिनु उपयुक्त नभएको धारणा व्यक्त गर्नुभयो। “आम नागरिकले आफ्नै लगानीमा निर्माण गरेका संस्थालाई राज्यले तहसनहस बनाउने प्रयास गर्नु दुःखद विषय हो,” उहाँले भन्नुभयो।

कार्यक्रममा संस्थाको प्रगति, उपलब्धि तथा आगामी योजनाबारे समेत छलफल गरिएको थियो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार