
काठमाडौं : मेलम्ची मुहान क्षेत्रमा परेको भारी वर्षाका कारण पानी अत्यधिक धमिलो भएपछि मेलम्चीबाट सुन्दरीजल पानी प्रशोधन केन्द्रमा आउने पानी आपूर्ति अस्थायी रूपमा अवरुद्ध भएको छ।
यससँगै काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) बानेश्वर शाखा कार्यालयले जारी गरेको नियमित वितरण तालिका अनुसार हुने खानेपानी वितरण पनि प्रभावित भएको जनाएको छ।
शुक्रबार जारी सूचनामा मुहानको पानीको धमिलोपनामा सुधार आएपछि पुनः प्रशोधन प्रक्रिया सञ्चालन गरी पूर्वनिर्धारित वितरण तालिका अनुसार नै पानी आपूर्ति सुचारु गरिने उल्लेख गरिएको छ।


253 पटक हेरिएको 

