खानेपानी आयोजनाको ट्रान्सफर्मर चोरी, सात सय धारामा पानी आपूर्ति बन्द

  वास खबर सम्बाददाता  272 पटक हेरिएको
🔗
46
Shares

ढल्केबर : धनुषाको मिथिला नगरपालिका–२, नकटाझिजस्थित खानेपानी आयोजनाको विद्युतीय ट्रान्सफर्मर चोरी भएको छ ।

खानेपानी उपभोक्ता समितिका अध्यक्ष सूर्यनारायण महताले खानेपानी आयोजनामा जडान गरिएको ५० केभीको ट्रान्सफर्मर चोरी भएको बताउनुभयो । उहाँका अनुसार पोलमा जडान गरिएको ट्रान्सफर्मर भुईँमा झारेर त्यसभित्र रहेका तामाका तार र तेल निकालेर चोरी गरेर लगेका छन् । ट्रान्सफर्मरको बाँकी भाग भने सोही ठाउँमा छोडिएको अवस्थामा फेला परेको छ ।

अध्यक्ष महतोले ट्रान्सफर्मर चोरी भएपछि यहाँका सात सय धारामा पानी आपूर्ति बन्द भएको बताउनुभयो । उहाँले घटनाबारे स्थानीय प्रहरीलाई जानकारी गराएकोे जानकारी दिनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार