काठमाडौंका पानीका स्रोतमा कोलिफर्म तथा ई.कोलाई जीवाणु पुष्टि

  वास खबर सम्बाददाता  188 पटक हेरिएको
🔗
35
Shares

काठमाडौं  : काठमाडौं उपत्यकाका खानेपानीका स्रोतमा गरिएको परीक्षणमा स्वास्थ्यका लागि हानिकारक कोलिफर्म तथा ई.कोलाई जीवाणु फेला परेका छन्। जनस्वास्थ्य कार्यालय काठमाडौंले हालै गरेको परीक्षणमा संकलित सबै खानेपानीका नमुनामा कोलिफर्म जीवाणु भेटिएको जनाएको छ।

मनसुन सक्रिय भएसँगै काठमाडौंका अधिकांश खानेपानीका स्रोत बाढीको पानीका कारण दूषित भएको जनस्वास्थ्य कार्यालयको निष्कर्ष छ।

‘हामीले चन्द्रागिरि नगरपालिका, कीर्तिपुर नगरपालिका, दक्षिणकाली नगरपालिका, गोकर्णेश्वर नगरपालिका र काठमाडौं महानगरपालिकाबाट खानेपानीका नमुना संकलन गरेका थियौँ,’ जनस्वास्थ्य कार्यालय काठमाडौंका अधिकृत सरोज रोकाले बताउनुभयो। उहाँका अनुसार सार्वजनिक धारासहित घरघरबाट संकलित सबै खानेपानीका नमुनामा स्वास्थ्यका लागि हानिकारक सूक्ष्मजीव रहेको परीक्षणबाट पुष्टि भएको छ।

वर्षायाममा देशभरका अधिकांश खानेपानीका स्रोत बाढी तथा सतही पानी मिसिँदा दूषित हुने गरेका छन्। नेपाल बहुसूचक सर्वेक्षण (NMICS) २०२४–२५ ले पनि देशभरका घरधुरीबाट संकलित ६० प्रतिशतभन्दा बढी खानेपानीका नमुनामा ई. कोलाई सहितका हानिकारक सूक्ष्मजीव भेटिएको देखाएको थियो।

‘सुरक्षित खानेपानी उपलब्ध गराउनु राज्यको आधारभूत दायित्व हो। तर हामीले अहिलेसम्म पनि सबै नागरिकलाई शुद्ध खानेपानी उपलब्ध गराउन सकेका छैनौँ,’ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वप्रमुख डा. बाबुराम मरासिनीले भन्नुभयो।

जनस्वास्थ्य कार्यालयले परीक्षण प्रतिवेदनबारे सम्बन्धित निकायलाई जानकारी गराइसकेको जनाएको छ।

‘हामीले काठमाडौं उपत्यका खानेपानी लिमिटेड, खानेपानी तथा ढल व्यवस्थापन विभाग, खानेपानी उपभोक्ता समिति लगायत सरोकारवाला निकायसँग बैठक गरी परीक्षण प्रतिवेदनबारे जानकारी गराएका छौँ,’ अधिकृत रोका ले बताउनुभयो। उहाँका अनुसार घरघरमा पानी वितरण गर्नुअघि पर्याप्त मात्रामा क्लोरिन प्रयोग गर्न, नियमित रूपमा पानीको गुणस्तर परीक्षण गर्न तथा आवश्यक सावधानी अपनाउन सम्बन्धित निकायलाई आग्रह गरिएको छ।

स्वास्थ्य विज्ञहरूका अनुसार फिकल कोलिफर्म र ई. कोलाई तातो रगत भएका मानिस तथा जनावरको आन्द्रा र दिसामा पाइने सूक्ष्मजीव हुन्। खानेपानीमा यस्ता जीवाणु भेटिनु भनेको पानीमा ढल वा मानव मल मिसिएको सम्भावना रहेको संकेत


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार