जिल्लाका सबै खानेपानी योजनाको पानी परीक्षण गर्न आवश्यक पहल गर्ने महासंघको प्रतिबद्धता

  वास खबर सम्बाददाता  222 पटक हेरिएको
🔗
77
Shares

दाङ : राष्ट्रिय साना सहरी खानेपानी उपभोक्ता महासंघले जिल्ला भित्र सञ्चालनमा रहेका सबै खानेपानी योजनाको पानी परीक्षण गराउन आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

महासंघको दाङ स्थित तुलसीपुर नगर समितिको कार्यक्रममा बोल्दै राष्ट्रिय साना सहरी खानेपानी उपभोक्ता महासंघ नेपालका अध्यक्ष खेमराज ओलीले खानेपानीको गुणस्तर सुनिश्चित गर्न जिल्लाभर सञ्चालनमा रहेका सबै खानेपानी योजनाको पानी परीक्षण गराउन महासंघले सम्बन्धित निकायसँग आवश्यक समन्वय र पहल गर्ने बताउनुभयो।

उहाँले नगरपालिकाभित्र अझै पनि खानेपानीको पहुँच नपुगेका तथा जीर्ण अवस्थामा रहेका खानेपानी योजनाहरूको पहिचान गरी आवश्यक बजेट विनियोजनका लागि सम्बन्धित निकायसँग अनुरोध गरिने जानकारी दिनुभयो। जिल्लाभर खानेपानीको शुद्धता सम्बन्धी प्रश्न उठिरहेको उल्लेख गर्दै उहाँले जिल्ला खानेपानी डिभिजन प्रमुखसँग पनि आवश्यक पहलका लागि अनुरोध गरिने बताउनुभयो।

राष्ट्रिय साना सहरी खानेपानी उपभोक्ता महासंघ नेपाल तुलसीपुर नगर समितिको कार्यक्रम नगर अध्यक्ष दशरथ ओलीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा सहभागीहरूले सुरक्षित, स्वच्छ तथा गुणस्तरीय खानेपानीमा सबै नागरिकको पहुँच सुनिश्चित गर्न सम्बन्धित निकायबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार