काठमाडौ : सरसफाइ अभियान सञ्चालन गर्दा चर्पीको समुचित प्रयोग, व्यक्तिगत सरसफाइ, सुरक्षित पानीमा पहुँच तथा प्रयोग, सुरक्षित खानाको प्रयोग तथा घरायसी एवं संस्थागत सरसफाइ र वातावरणीय सरसफाइ भए नभएको पक्षलाई जोड दिने गरेका छौं । यी बाहेक सरसफाइ अभियानमा समेट्नै पर्ने अन्य धेरै अन्तरनिहीत बिषयबस्तुहरु पनि छन् ।
आज हामी पूर्ण सरसफाइ अभियान सञ्चालन गर्दा समेट्नुपर्ने अन्य अन्तरनिहीत बिषयबस्तुका बारेमा चर्चा गर्दैछौं ।
सामाजिक समावेशीकरण

पूर्ण सरसफाइ अभियान सञ्चालन गर्ने क्रममा सामाजिक समावेशीकरणलाई विशेष ध्यान दिनुपर्छ । सामाजिक असमावेशीमा परेकाहरु (महिला, दलित, अपाङ्गता, बालबालिका) लाई समावेश गर्न निम्न क्रियाकलापहरु गर्नुपर्छ ।
हरेक तहका समन्वय समिति तथा कार्यदलहरुमा समुदायका सवै वर्ग र समूहको प्रतिनिधित्व सहित कम्तिमा पनि ३३% महिलाको सहभागिता सुनिश्चित गर्ने ।
लैंगिक तथा सामाजिक वर्ग, समूहका संवेदनशील तथ्यांक तयारी गर्ने ।
क्षमता अभिवृद्धिका क्रियाकलाप संचालन गर्दा अनिवार्य लैंगिक सन्तुलन कायम गरी सहभागीहरुको चयन गर्ने ।
पूर्ण सरसफाइ जनचेतनामूलक सामग्री विकास गर्दा लैंगिक पक्ष र समावेशितामा ध्यान दिने ।
लैगिक, अपांग, बाल, वृद्ध सम्वेदनशील सुविधाहरु प्रवद्र्धन गर्ने ।
आयआर्जन र जीविकोपार्जनमुखी सरसफाइका क्रियाकलापहरु प्रवद्र्धन गर्ने
पोषण सम्बन्धी कार्यक्रमहरु
खानेपानी, सरसफाइ र स्वच्छता पोषण सँग अन्तर सम्बन्धित बिषय पनि हो । त्यसैले वासका क्रियाकलापहरु सञ्चालन गर्दा पोषण सम्बन्धीका क्रियाकलापलाई पनि छुटाउनु हुँदैन । पोषण वा जन–स्वास्थ्य सम्बन्धी क्रियाकलापहरु सञ्चालन गर्न निम्न तरिकाहरु अबलम्बन गर्न सकिन्छ ।
सरसफाइ र पोषणको अन्तरसम्बन्ध झल्किने गरी शैक्षिक एवं जनचेतनामूलक सामग्री विकास तथा प्रचार प्रसार गर्ने ।
गरिबी निवारण र पोषणसँग सम्बन्धित कार्यक्रम संचालन गर्दा चर्पी निर्माण र प्रयोग एवं साबुन पानीले हात धुने क्रियाकलापको सुनिश्चितता गर्ने ।
सुरक्षित मातृत्व र स्तनपान सम्बन्धी जनचेतनामूलक क्रियाकलापहरु संचालन गर्दा चर्पी प्रयोग र साबुन पानीले हात धुने क्रियाकलापहरुलाई प्राथमिकता दिने ।
स्वास्थ्य मन्त्रालयद्वारा संचालित एकीकृत पोषण व्यवस्थापन कार्यक्रमसँग खानेपानी, सरसफाइ र स्वच्छता सम्बन्धी क्रियाकलाप तथा सुविधाहरु प्रवद्र्धन गर्ने ।
महिनावारी स्वच्छता

महिनावारी स्वच्छता पूर्ण सरसफाइसँग सम्बन्धित महत्वपूर्ण बिषय हो । यो सवाल पछिल्लो समयमा पूर्ण सरसफाइको ज्वलन्त समस्या भएर आएको छ । यसको सही व्यवस्थापन गर्न नसके व्यक्तिगत सरसफाइ तथा वातावरणी सरसफाइमा समेत ठूलो समस्या निम्त्याउन सक्ने भएकलो महिनावारी स्वच्छता सम्बन्धी निम्न क्रियाकलाप सञ्चालन गर्नुपर्छ ।
विद्यालय, सार्वजनिक भवन र सरकारी तथा गै.स.स. कार्यालयहरुमा अनिवार्य चर्पीको साथमा महिनावारीसंग सम्बन्धित पक्षहरु (जस्तै स्यानीटरी प्याड सफा गर्ने, फेर्ने, फ्याल्न र जलाउन मिल्ने सुविधाहरु) समेतको व्यवस्था गर्ने ।
सरसफाइ सम्बन्धी विद्यालय र समुदाय स्तरीय क्रियाकलापहरु संचालन गर्दा महिनावारी स्वच्छताका विषयहरु समावेश गर्ने ।
महिनावारी स्वच्छता व्यवस्थापनका लागि जनचेतनामूलक सामग्री, स्यानिटरी प्याडको निर्माण, विकास तथा प्रचारप्रसार गर्ने ।
जलवायु परिवर्तन
जलवायु परिर्वतन, वातावरण, विज्ञान र प्रविधि, अनुसन्धान, जलश्रोत, जनस्वास्थ्य आदिसँग बढी सम्बन्धित छ । पूर्ण सरसफाइ अभियान सञ्चालन गर्दा जलवायु परिवर्तन सँग सम्बन्धित निम्न क्रियाकलापहरुलाई समेत एकीकृत गरेर लैजानुपर्दछ ।
जलवायु परिवर्तन सम्बन्धी क्षेत्रगत कार्य समूह स्थापना गर्ने ।
जलवायु परिवर्तनले खानेपानी तथा सरसफाइ क्षेत्रमा परेको असरहरुको वैज्ञानिक तथ्यहरु व्यवस्थित गर्न त्यसका आधारमा सुधारका योजनाहरु तर्जुमा गर्ने ।
विद्यालय तथा विश्व विद्यालय तहका पाठ्यपुस्तकहरुमा जलवायु परिवर्तन सम्बन्धी विषयहरु समावेश गर्ने ।
वर्षात्को पानी संकलन तथा स्थानीय स्तरमा उपयुक्त हुने अन्य प्रविधिको विस्तार गरी जलवायु परिवर्तनको जोखिम न्यूनिकरण गर्ने ।
जलवायु परिवर्तनका कारक तत्व मानिएका घरायसी र सामुदायिक तहमा प्रयोग भइ रहेका सामग्रीहरुको न्यून रुपमा प्रयोग गर्न जनचेतनामूलक क्रियाकलाप संचालन गर्र्नेे ।
जलवायु परिवर्तनको सवाललाई खानेपानी संस्थाको क्षेत्रको नीतिभित्र समावेश गर्न दीर्घकालीन र दिगो व्यवस्थापनको कार्यक्रम संचालन गर्ने ।
अनुगमनका क्षेत्रगत सूचकहरु तयार गर्दा जलवायु परिवर्तनका सवाल÷मुद्दाहरु समावेश गर्ने ।
जलवायु परिवर्तनको असर न्यूनिकरणसँग सान्दर्भिक पद्धति, प्रविधि, मौलिक ज्ञान तथा सीप, क्षमता अभिवृद्धि, सूचना प्रणाली, वैकल्पिक उपायहरु आदि सम्बन्धी विषयहरुमा अनुसन्धान र विकास गर्ने ।
आपतकालीन पूर्व तयारी

यो गृह मन्त्रालय, सहरी विकास मन्त्रालय, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, खानेपानी तथा सरसफाइ मन्त्रालय आवाससँग सम्बन्धित सवाल हो । यसलाई पूर्ण सरसफाइ सम्बन्धीका गतिविधि सञ्चालन गर्दा सम्बन्धित मन्त्रालयको स्थानीय तथा प्रदेश तहमा रहेका कार्यालयहरु सँग समन्वय गरी विभिन्न क्रियाकलापहरु सञ्चालन गर्न सकिन्छ ।
आपत्कालीन अवस्थामा जोखिम आँकलन र खानेपानी, सरसफाइ, तथा स्वच्छता क्षेत्रले विपद् व्यवस्थापनमा वहन गर्नु पर्ने जिम्मेवारी निर्वाह गर्ने विभिन्न तहका समन्वय समितिहरुको क्षमता र सीप अभिवृद्धि गर्ने
विभिन्न क्लस्टरहरुसँग वास क्लस्टरको समन्वय गर्ने ।
विपद् सम्बन्धी योजना सहित सेवा सुविधाको मानक तथा नम्र्स र सहयोगका प्याकेज समेटी रणनीतिक कार्य योजना तयार गर्ने
जोखिमको नक्सांकन गर्ने
आपतकालीन सरसफाइ कोष स्थापना गर्ने ।
क्लोरिन र औषधिको भण्डारण मजबुत राख्ने ।
चर्पी निर्माण गर्ने सामग्रीको यथेष्ठ भण्डारण गर्ने ।
पानीको गुणस्तर जाँच्ने विधि–औजार/उपकरणको व्यवस्था गर्ने ।
विपद्को अवस्थामा खानेपानी सरसफाइ तथा स्वच्छताका निमित्त तालिम प्राप्त सहजकर्ता/स्वयंसेवकहरु परिचालन गर्ने ।
मानवीय सहयोगको लागि क्षमता अभिवृद्धि गर्ने र भविष्यमा हुन सक्ने विपद्को लागि तालिम प्राप्त मानव संसाधन तैयारी अवस्थामामा राख्ने ।
आपत्कालिन अवस्थाको लागि शीघ्र रेस्पोन्स पद्धतिको विकास र अवलम्बन गर्ने ।
हरेक जिल्लामा जगेडा कोष व्यवस्थापन गर्ने ।
स्वयंसेवकको व्यापक परिचालन गर्ने ।
सूचना व्यवस्थापन सुदृढ गर्ने ।
विपद्को बेला साबुन पानीले हात धुने, सफा पानी, सुविधाको उचित मर्मत सम्भार र ठोस र तरल फोहोरमैला व्यवस्थापनमा ध्यान दिने ।
हरेक तहका समन्वय समितिहरुलाई बजेट व्यवस्थापन, समन्वय, मानव संसाधन परिचालन, कोष व्यवस्थापन, सूचना व्यवस्थापन र अनुगमनका कार्यमा जिम्मेवार बनाउने ।
बानी व्यहोरा विकास तथा परिवर्तन

बानी व्यवहोरा विकास तथा परिवर्तन पूर्ण सरसफाइ अभियानको महत्वपूर्ण पाटो हो । कार्यक्रम सञ्चालन मात्र गर्ने तर बानी व्यहोरा परिवर्तन भएन भने कार्यक्रम सञ्चालनको औचित्व पूरा हुँदैन । यसर्थ बानी व्यवहोरा परिवर्तन सम्बन्धी निम्न क्रियाकलापहरु सञ्चालन गर्ने ।
मौजुदा सरसफाइ र स्वच्छता सम्बन्धी बानी व्यहोराको विश्लेषण गर्ने ।
लक्षित समूहको लेखाजोखा र सक्षमता अभिवृद्धि गर्ने
अपेक्षित बानी व्यहोराको पहिचान गर्ने ।
बानी व्यहोरा विकास तथा परिवर्तनमा बाधा पु-याउने र सहयोग गर्ने पक्षहरुको खोजी गर्ने ।
लक्षित समूहले रुचाउने सन्देश पहिचान गर्ने ।
सामग्री र माध्यमहरुको चयन गर्ने ।
सञ्चार तथा तालिम आवश्यकता पहिचान गर्ने ।
प्रमाणमा आधारित पैरवी तथा सञ्चार प्याकेजहरुको प्रयोग गर्ने ।
अपेक्षित बानी व्यहोरा हासिल हुन सके नसकेको अनुगमन र मूल्याङ्कन गर्ने ।


2815 पटक हेरिएको 

