
लम्जुङ : लमजुङको मध्यनेपाल नगरपालिका ८ बाँस्कोट र कुवापानी टोलका स्वास्थ्य आमा समूहले कोषमा जम्मा भएको रकमबाट फिल्टर खरिद गरेका छन् ।
गाउँमा पानी शुद्धिकरण र सरसफाइ सम्बन्धी कार्यक्रम आयो । फोहोर पानी पिउन हुँदैन भन्ने थाहा पायौं । अनि फिल्टर खरिद गर्ने सोंच बनाएका हौं । अहिले सबैको घरमा फिल्टर राखिएको छ । पानी शुद्धिकरण गरेर पिउने गरेका छौं ।’
स्वास्थ्य आमा समूहले मासिक बैठक बस्दा ५०/५० रुपियाँ जम्मा गर्ने गरेको र सोही जम्मा गरिएको रकमबाट फिल्टर खरिद गरिएको उनीहरुले बताएका छन् । कुवापानी स्वास्थ्य आमा समूहकी अध्यक्ष पुतलीदेवी गुरुङका अनुसार बाँस्कोटको स्वास्थ्य आमा समूह र कुवापानी स्वास्थ्य आमा समूहले गरी ४५ घरका लागि फिल्टर खरिद गरेको हो । एउटा फिल्टरलाई १ हजार ८ सय ५० रुपियाँका दरले खरिद गरिएको उहाँले बताउनुभयो ।
गाउँमा खानेपानीको समस्या भएको र दूषित पानी पिउनुपर्ने बाध्यता भएकाले पानी शुद्धिकरण गरी पिउने सल्लाहमा फिल्टर खरिद गरिएको उहाँले बताउनुभयो । ‘पानी त आउँछ । फोहोर आउँछ । पानीकै कारण विरामी पनि भएका छौं’ उहाँले भन्नुभयो, ‘पानीलाई फिल्टरीङ गरेर पिउन सके स्वास्थ्यमा समस्या आउने थिएन की भनेर सबै घरमा फिल्टर किनेका हौं ।’
दुई स्वास्थ्य आमा समूहलाई गाउँस्थित भूमि आमा समूहले पनि आर्थिक सहयोग गरेको आमा समूहकी अध्यक्ष चन्द्रमाया गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो–‘धारामा पानी नआउँदा कुवा र खोलाको दूषित पानी खाइरहेका थियौं ।
गाउँमा पानी शुद्धिकरण र सरसफाइ सम्बन्धी कार्यक्रम आयो । फोहोर पानी पिउन हुँदैन भन्ने थाहा पायौं । अनि फिल्टर खरिद गर्ने सोंच बनाएका हौं । अहिले सबैको घरमा फिल्टर राखिएको छ । पानी शुद्धिकरण गरेर पिउने गरेका छौं ।’
ग्रामीण सामुदायिक विकास केन्द्र (आरसीडीसी) सुआहारा कार्यक्रम लमजुङका फिल्ड सुपरभाइजर सुलबहादुर विकका अनुसार स्वास्थ्य आमा समूहमा हजार दिनका आमा आवद्ध भएको हुन्छ । उनीहरुलाई स्वास्थ्यको कुरा संगै सरसफाई, खाना, पानी शुद्धिकरण, वातावरणीय सरसफाई लगायतको विषयमा अभिमूखिकरण गराउँदै आइएको छ ।
१५ सदस्यीय स्वास्थ्य आमा समूह मासिक बैठक बस्ने गर्छ । बैठकमा स्वास्थ्य सम्बन्धी छलफल हुने गर्छ । सोही छलफलको क्रममा कोषमा जम्मा भएको रकम फिल्टर खरिद गर्ने निर्णय अनुसार खरिद गरेर वितरण गरिएको उहाँले बताउनुभयो ।
उक्त फिल्टर करापु स्वास्थ्य चौकीका अहेब डम्मरकुमारी गुरुङ, सिनियर अनमी आइतकुमारी गुरुङल गायतले स्थानीयलाई हस्तान्तरण गर्नुभएको थियो ।


1888 पटक हेरिएको 

