काठमाडौ : राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष एवं खानेपानी मन्त्रालयका सह सचिव चन्द्र बहादुर केसीले खानेपानी तथा सरसफाइ क्षेत्रको क्षेत्रगत विकास योजना चाँडै पारित हुने बताउनुभएको छ ।
खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल (फेडवासन) को पाँच बर्षे रणनीति तथा कार्ययोजनाका बारेमा परामर्श गर्न आयोजित कार्यशालाका सहभागीले सेक्टरल डेभेलप्मेन्ट प्लान कहाँ अड्कियो भनेर सोधेपछि सहसचिव केसीले अब चाँडै नै पारित हुने बताउनुभयो ।
क्षेत्रगत विकास योजनाका कतिपय बिषयलाई संघीय ढाँचा अनुसार परिमार्जन गर्नुपरेकाले पनि केही ढिलाई भएको उहाँको भनाई थियो ।
हेर्नुहोस् यो भिडियो :


1201 पटक हेरिएको 

