
भोजपुर : भोजपुरलाई नेपालको अन्तिम तथा ७७ औं जिल्लाको रुपमा खुला दिसामुक्त घोषणा गरिएको छ । प्रदेश सभा सदस्य राजेन्द्रकुमार राईले भोजपुरलाई खुला दिसामुक्त जिल्ला घोषणा गर्नुभयो ।
जिल्लाको दुई नगरपालिका र सात वटै गाउँपालिका गरी ९ वटै स्थानीय तहका सबै घरधुरीमा शौचालय निर्माण भई प्रयोगमा आएपछि जिल्लालाई खुला दिसामुक्त घोषणा गरिएको हो ।
भोजपुरमा करिब ४० हजार घरपरिवारमा शौचालय निर्माण भई प्रयोगमा आएको जिल्ला स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले जनाएको छ । जिल्लालाई खुला दिसामुक्त घोषणा गर्नु अघि प्रदेश स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिको टोलीले जिल्लाको अनुगमन तथा प्रमाणीकरण गरी खुला दिसामुक्त घोषणा गर्न अनुमति प्रदान गरेको थियो ।

भोजपुरको सबै घरमा करिब एक बर्ष अघि नै शौचालय निर्माण भएपनि विविध प्राविधिक कठिनाईका कारण खुला दिसामुक्त घोषणा गर्न ढिलाई भएको हो ।
७७ वटै जिल्ला खुला दिसामुक्त घोषणा भएपछि अब राष्ट्र नै खुला दिसामुक्त घोषणा गर्ने बाटो खुलेको छ ।



2451 पटक हेरिएको 

