काठमाडौ : सरकारले सहरी क्षेत्रमा कौसी खेतीलाई प्रवर्द्वन गर्ने भएको छ । संघीय संसदको दुवै सदन (प्रतिनिधी सभा र राष्टिय सभा) को संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक बर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममा कौसी खेतीलाई प्रवर्द्वन गर्ने घोषणा गर्नुभएको हो ।
सरकारले कृषि क्षेत्रको विकासका लागि विभिन्न सहुलियत समेत घोषणा गरेको छ । बाँझो जग्गा राख्ने परम्परालाई निरुत्साहित गर्न सरकारले व्यवसायिक खेती गर्न चाहने किसानका लागि अनुदान दिने घोषणा गरेको छ ।