मेलम्चीको सम्पूर्ण काम आगामी आर्थिक बर्षभित्र सम्पन्न गर्ने सरकारको घोषणा

काठमाडौ : सरकारले ७ वटै प्रदेशमा वाटर एम्बुलेन्स सञ्चालनमा ल्याएको र यसलाई अझ विस्तार गर्ने जनाएको छ । यस्तै हाल ९१ प्रतिशत जनसख्यालाई आधारभूत स्तरको खानेपानी सुविधा उपलब्ध गराएको र आगामी बर्ष यो सेवा ९४ प्रतिशत पुर्‍याईने उल्लेख गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा आर्थिक बर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी तीन बर्षमा संघ, प्रदेश र स्थानीय तहको सहलगानीमा सबै घरमा आधारभूत स्तरको खानेपानी सुविधा पुर्‍याईने जनाएको छ ।

यस्तै मेलम्ची खानेपानीको सम्पूर्ण निर्माणको काम आगामी आवमा सम्पन्न गर्ने गरी काम भईरहेको र ह्याङ्री र लार्केबाट दोस्रो चरणको खानेपानी ल्याउने कामको प्रक्रिया अघि बढाईने जनाएको छ ।

यस्तै सरकारले तराई मधेस क्षेत्रका २० जिल्लामा ४११ किलोमिटर ढल निर्माणको काम सम्पन्न गरेको जनाएको छ । नीति तथा कार्यक्रममा तीनै तहको सरकारले सरसफाइ सम्बन्धी कार्यक्रम देशव्यापी सञ्चालन गर्ने घोषणा गरेको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार