पाइप बगाउँदा मुसिकोट र बडागाउँमा खानेपानीको अभाव

गुल्मी : गुल्मीको मुसिकोट नगरपालिका वडा नंं २, ३ र ४ को मुसिकोट र बडागाउँमा खानेपानीको चरम अभाव भएको छ ।
मुसिकोट बडागाउँ खानेपानी योजनाको पाइप पहिरोले बगाउँदा तीन वडाका झण्डै २५० घरधुरी प्रभावित भएका छन् ।

झण्डै ३२ किलोमिटर टाढा दलिङ पासेखोलाबाट ल्याइएको खानेपानीको मुसिकोट नगरपालिका–२ को मुसिकोट खण्डमा पहिरोले पाइप बगाउँदा खानेपानी अवरुद्ध भएको हो ।

मोटरबाटो खनेको ठाउँमा पहिरो गएको मुसिकोट–बडागाउँ उपभोक्ता समितिले जनाएकोछ । खानेपानी शुरु हुन अझै एक हप्ता लाग्ने समितिले जनाएको छ । खानेपानीको पाइप पहिरोले बगाएपछि नजिकका कुवा, कुलेसामा खानेपानी लिनुपर्ने बाध्यता रहेको स्थानीयबासी बताउँछन् ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार