सुनसरीमा सरसफाई तथा स्वच्छता सामग्री वितरण

केदार खतिवडा, सुनसरी – विश्वमाहामारीको रुपमा फैलिएको कोभिड-१९ को प्रकोपले नेपालमा पनिअत्याधिक प्रभाव पारिरहेको अवस्था छ । कोरोना भाईरसको नियन्त्रण तथा रोकथाममा प्लान ईन्टरनेशनल नेपाल र सामुदायिक समाज उत्थान केन्द्र (सि.एस.डि.सी.) सुनसरीले संचालन गर्दे आएको लैङ्गिक रुपान्तरित खानेपानी सरसफाइ तथा स्वच्छता,दिगो विकास लक्ष परियोजनाअन्र्तगत सुनसरी जिल्लाको ५ नगरपालिका र २ गाउँपालिकाहरुमा पूर्ण सरसफाई उन्मुख पालिका बनाउनका लागि सरसफाई तथा स्वच्छता प्रबद्र्धनका क्रियाकलापहरु संचालन भईरहेको छ ।

स्थानिय तहका विपन्न तथा बञ्चितीकरणमा परेका समुदायमा पनि कोरोनाको प्रभावअझ बढि हुनसक्ने भएकोले परियोजनाका कार्यक्षेत्रहरुमा जम्मा छ सय ८३ (बर्जु गाउँपालिका एक सय ३८, गढी गाउँपालिका एक सय ३८, रामधुनी नगरपालिका एक सय ८४ र बराहक्षेत्र नगरपालिकामा दुई सय २३) घरधुरीहरुलाई सरसफाई तथा स्वच्छता सामग्री स्थानिय निकायहरुको समन्वय तथा उपस्थितीमा वितरण गरिएको छ भने अरु आठ सय घरधुरीहरु छनौट गरि वितरण गर्ने तयारीमा रहेको कुरा परियोजनाकाअनुगमनअधिकृत कृष्ण कुमार राईले बताउनु भएको छ ।

उक्तःसरसफाई तथा स्वच्छता सामग्रीहरु समुदायका फरक क्षमता भएका ब्यक्तीहरु, दलित, एकल महिला तथा समुदायमा बञ्चितीकरणमा परेको समुदायका घरधुरीहरुलाई स्थानिय निकायको समन्वय तथा सिफारिसको आधारमा नेपाल सरकारको सरसफाइ तथा स्वच्छता मापदण्डहरुअपनाई वितरण गरिएको छ । समुदायका विपन्न तथा बञ्चितिकरणमा परेको बर्ग, फरक क्षमता भएको ब्यक्ति छनौट गरी बाडिएकोले ति बर्गको सरसफाई तथा स्वच्छतामा अभिबृद्धि भई कोरोनाको प्रभावमा न्यूनिकरण हुने स्थानिय निकायहरुबाट अभिब्यक्ति दिनुभएको छ साथै यो अहिलेको अवस्थामाअति प्रभावकारी भएको भनाई बराहक्षेत्र वडा नं. ७ का वडा अध्यक्ष विर बहादुर लिम्बुले बताउनु भएको छ । स्वच्छता सामग्री वितरणका साथसाथै कोरोना भाईरसको बारेमा सचेतीकरण, यसका लक्षण, असर लगाएत उपस्थित ब्यक्तिहरुलार्ई नियमित साबुन पानीले हात धुने विधि तथा उपयोगिताको बारेमा पनिअभ्यास गराईएको थियो ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार