हाइड्रो न्युमेटिक बुस्टर सिस्टम
हाइड्रो न्युमेटिक बुस्टर सिस्टम नामक प्रविधिमा कम्तीमा दुईवटा मोटर जडान गर्नुपर्ने र कतिवटासम्म धारो खोल्ने हो र कति बहाबमा पानी आउने त्यो निश्चित गरी प्रोग्रामिङ गरेपछि धारो खोल्नेबित्तिकै पानी आउने कम्पनीका महाप्रबन्धक उत्तम खनालले बताए ।
उनले भने, ‘शक्ति पम्पले निर्माण गरेका सोलारबाट चल्ने ६ सय मोडेलका पम्प र सोलार प्रविधिबाट चल्ने १ सय मोडेलमा उपभोक्ताको आवश्यकताअनुसार ल्याउन सक्छौँ ।’
हाइड्रो न्युमेटिक बुस्टर सिस्टम धेरै पानी चाहिने र घरको छतमा गह्रौँ ट्यांकी राख्न नचाहने ग्राहकलाई लक्षित गरिएको उनको भनाइ छ ।
एक लाख रुपैयाँसम्म बचत
३२ मिलिमिटरदेखि १२५ मिलिमिटरसम्म पानी पठाउन सकिने कम्पनीले जनाएको छ । सामान्य घरमा प्रयोग गर्दा १ लाख रुपैयाँसम्म लाग्ने कम्पनीले बताएको छ ।
सिँचाइमा सोलार पम्प
शक्ति पम्पको सोलार प्यानलबाट चल्ने पम्पको माग सिँचाइमा बढी प्रयोग हुने गरेको खनालले बताए । उनका अनुसार खेती भएका ठाउँमा विद्युत् आपूर्तिबाट टाढा हुने हुँदा सोलार पम्पको माग बढेको छ । उनले भने, ‘बिजुलीको लाइन पनि नचाहिने र सूर्योदयदेखि सूर्यास्तसम्म पम्प चल्ने भएकाले सोलार पम्पको माग बढेको हो ।’ शक्ति पम्प भारतको पहिलो ५ स्टार रेटिङ पम्प भएकाले प्रयोग गर्दा समस्या पनि नगन्य मात्रामा आउने उनले बताए ।
ढल सफाइ तथा फोहोर पानी फाल्न विशेष पम्प
शक्ति पम्पले निर्माण गरेको ढल सफाइ गर्ने र गहिरो स्थानमा जमेको फोहोर पानी फाल्ने पम्प काठमाडौंजस्तो घना आवादी, अग्लो–होचो भूगोल र साँघुरा ढल भएको स्थानमा बढी उपयोगी रहेको कम्पनीले जनाएको छ ।
अहिले अन्डरग्राउन्ड पनि निर्माण हुने गरेको र घरमा पानी पस्ने समस्या रहेकाले गहिरो स्थानमा जमेको फोहोर पानी फाल्ने पम्पको माग बढी रहेको उनले बताए । उनका अनुसार यस्तो पम्पले १५ मिलिमिटरसम्मको ढुंगालाई समेत धुलो बनाएर फोहोर पानीसँगै बाहिर निकाल्न सक्छ ।
छतमा ट्ंयाकी राख्ने झन्झटबाट मुक्ति
धारा आइरहेको भए त्यसैबाट र अन्यथा अन्डरग्राउन्ड ट्यांकीबाट घरका माथिल्ला तलामा पनि धारो खोल्नेबित्तिकै पानी आउने हुनाले छतमा ट्यांकी राख्ने, स्ट्यान्ड निर्माण गर्नेलगायतका अनावश्यक खर्चबाट यो प्रविधिले जोगाउने खनालले बताए ।
यो प्रविधि घरायसीदेखि ठूला–ठूला भवनमा, नगरपालिकाका पानी आपूर्ति निकायमा, सिँचाइ, अटोमोबाइल क्षेत्र र औद्योगिक क्षेत्र सबै ठाउँमा उपयोगी हुने खनालको दाबी छ । नयाँ पत्रिका बाट