
बर्दिया : बर्दियाको राजापुर नगरपालिका वडा नम्बर ६ को विक्रमपुर टोललाई पूर्ण सरसफाइ उन्मुख टोल घोषणा गरिएको छ । ७२ घरधुरी रहेको बिक्रमपुरलाई प्रदेश सांसद दिपेस थारुको प्रमुख आतिथ्य एवं नगरप्रमुख शिव थारुको लगायतको उपस्थितिमा पूर्ण सरसफाइ उन्मुख टोल घोषणा गरिएको हो ।

विक्रमपुरलाई पूर्ण सरसफाइ उन्मुख टोल घोषणा गर्दै प्रदेश सांसद दिपेस थारुले सभ्य समाज र स्वस्थ जिन्दगानीका लागि सरसफाइ अपहरिहार्य रहेको बताउनुभयो । उहाँले पूर्ण सरसफाइ उन्मुख टोल घोषणा भएपछि अन्य टोलको तुलनामा विशेष सरसफाइ हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा थारु संस्कृतिका विभिन्न नाच तथा झाँकीहरु समेत प्रदर्शन गरिएको थियो ।



933 पटक हेरिएको 

