बडिमालिकाको स्कुल स्कुलमा पहुँचयुक्तता भौतिक संरचना तथा लेखाजोखा कार्यक्रम

 1281 पटक हेरिएको
🔗
51
Shares


बाजुरा : बाजुरा जिल्लाको बडिमालिका नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयहरुमा पहुँचयुक्तता भौतिक संरचना तथा लेखाजोखा कार्यक्रम गरिएको छ । नगरपालिकामा रहेका २५ ओटा सामुदायिक विद्यालयमा समावेशी शिक्षाका लागि पहुँचयुक्तता भौतिक संरचना तथा लेखाजोखा कार्यक्रम गरिएको हो ।

कार्यक्रममा विद्यालयमा निर्मित कक्षाकोठा, डेस्क बेन्च, खेलमैदान, खेलकुदका सामग्री, शौचालय, धारा तथा अन्य संरचनाहरु अपाङ्गतामैत्री, बालमैत्री, महिलामैत्री हिसाबले पहुँचयुक्त भए नभएको लेखाजोखा गरिएको थियो । बडीमालिका नगर भित्रका जम्मा २५ वटा सामुदायिक विद्यालयहरु मध्ये आठ वटा माध्यमिक विद्यालय र बाँकी आधारभुत विद्यालयका भौतिक संरचना तथा विद्यालय खानेपानी, सरसफाइ स्वच्छता मूल्याङ्कन गरिएको युनिसेफ नेपाल बाजुराका कार्यक्रम संयोजक राजेन्द्र जैशीले जानकारी दिनुभयो ।


नगरपालिका भित्रका सम्पूर्ण विद्यालयको पहुँचयुक्तताको लेखाजोखा गर्दा केही स्कुलमा मात्र पहुँचयुक्त पूर्वाधार पाएको र सबै विद्यालयमा पहँुचयुक्तता भौतिक संरचना तथा खानेपानी, सरसफाइ र स्वच्छताको अवस्था नपाएको भौतिक संरचना लेखाजोखा टोलीमा संलग्न जिल्ला अपाङ्ग महासंघका अध्यक्ष एवं सत्यवादी माध्यमिक विद्यालयका प्रधानाध्यापक मान बहादुर हमालले बताउनुभयो । उहाँका अनुसार भौतिक संरचना तथा खानेपानी, सरसफाई र स्वच्छता अवस्थाको लेखाजोखा गर्दा विद्यालयले आगामी दिनमा बन्ने संरचना तथा अन्य पूर्वाधारहरु निर्माण गर्दा बालमैत्री, अपाङ्गतामैत्री र महिलामैत्री बनाएर सबैको पहुँच सुनिश्चित गर्ने प्रतिबद्धता जनाएका छन् ।

स्कुल स्कुलमा पुगेर भौतिक संरचना तथा खानेपानी, सरसफाइ र स्वच्छता अवस्थाको लेखाजोखा गरेपछि विद्यालयको वर्तमान अवस्था कस्तो रहेछ भन्ने थाहा पाएको र आगामी दिनमा बन्ने संरचनाहरु सबैको पहुँचयुक्त बन्ने कुरामा आफू विश्वस्त रहेको संयोजक जोशीले बताउनुभयो ।

विद्यालयमा पहुँचयुक्तता भौतिक संरचना तथा लेखाजोखा कार्यक्रम नेपालका ५ वटा जिल्लामा लागु गरिएको र बाजुरा जिल्लामा बडिमालिका नगरपालिकाले मात्र समावेशी शिक्षाका लागि विद्यालयमा पहुँचयुक्त भौतिक संरचनाको मुल्याङ्कन गरी विद्यालय पहँुचयुक्तता लेखाजोखा कार्यक्रम सम्पन्न गरेको उहाँले बताउनुभयो । बाजुराको बडिमालिकामा युनिसेफ नेपालको आर्थिक सहयोग, सीविएमको प्राविधिक सहयोग तथा बडिमालिका नगरपालिकाको समन्वयमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार