प्रदेश सरकारको ३ करोड बजेटमा धनकुटाको सुख्खा क्षेत्रमा खानेपानी र सिँंचाइ

 1864 पटक हेरिएको
🔗
83
Shares

धनकुटा : धनकुटाको सुख्खा क्षेत्र सहिदभूमि गाउँपालिको गोपालपुर र पिलियाटारमा प्रदेश सरकारको लगानीमा खानेपानी पुर्‍याईने भएको छ । प्रदेश सरकारको ३ करोड बजेटमा तमोर नदीबाट लिफ्ट मार्फत पानी पुर्‍याउन लागिएको हो । एक नम्बर प्रदेश सरकारको सहयोगमा सञ्चालनमा आउन लागेको लिफ्ट सिँंचाइ योजनाको काम ८० प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको छ । खानेपानीको अभावले तडपिएका पिलियाटारबासी चाँडै नै पानी पिउन पाइने आशामा छन् ।

आफ्नै जग्गाको सिमाना भएर बग्ने नदीलाई हेरेर आफ्नो जग्गा बाँझो राख्न बाध्य भएका स्थानीय बासिन्दा सिँंचाइ आयोजना सञ्चालनमा आउने भएपछि आफ्नो जग्गा सिञ्चित हुने र पानीको दुःख हट्नेमा ढुक्क छन् । पानी आउने भएपछि बाँझो जमिनलाई हराभरा बनाउने स्थानीय मीरा राईको सोच छ । सिँंचाइ गर्ने कुरा त धेरैको परको हो खानेपानीकै समस्या थियो, अब त पानी आउँछ कि भन्ने आशा छ ।” मीराले भन्नुभयो । अर्का स्थानीय मोहनकुमार थुलुङ राईले भन्नुभयो जग्गाको सिमाना भएर नदी बग्छ तर सिँंचाइ र खानको लागि पानी छैन गाग्रोमा बोकेर सकिँदैन आकासे पानीको भरमा खेती गर्नुपर्छ, त्यसमा पनि तरकारी बाली लगाउन पाइँदैन अन्न बालीमात्र हो ।”

पानीको स्रोत नभएका नदी आसपासका स्थानको पहिचान गरी सिंँचाइ सुविधा पुर्‍याईने उद्देश्यले लिफ्ट सिँचाइ आयोजना सुरु गरिएको हो । यो क्षेत्रमा ठूलाठूला टार भए पनि सिँंचाइ अभावका कारण आकासे पानीको भरमा खेती गर्नुपर्ने बाध्यता छ ।

प्रदेश सरकाको १ करोड ८१ लाखको लागतमा गोपालपुरमा २७ हेक्टर जमिन सिँंचित हुने गरी तमोर नदीबाट पानी तान्न सोलार सिस्टमको प्रविधि जडान गर्ने काम भइरहेको छ । यसबाट २ सय ५ घरधुरी लाभान्वित हुनेछन् । त्यस्तै १ करोड ५ लाख रुपैयाँको लगानीमा पिलियाटारमा सञ्चालनमा रहेको सिँंचाइ योजनाबाट १५ हेक्टर जमिन सिँंचित हुने जलस्रोत तथा सिँंचाइ विकास डिभिजन धनकुटाका प्रमुख कुशल गौतमले जानकारी दिनुभयो। सिँचाई आयोजना सम्पन्न भएपछि काकाकुलझैं बनेका पिलियाटारबासीको प्यास मेट्ने गौतमले बताउनुभयो । अरुण र तमोर नदी किनार छेउका मरुभूमि झैं बनेका जग्गामा समेत सिँंचाइ सुविधा पुग्नेछ । उहाँले भन्नुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार