मकवानपुर : हेटौडा खानेपानी ब्यबस्थापन बोर्डले गत आर्थिक बर्षमा २ करोड ११ लाख ५९ हजार ९ सय ८९ खुद नाफा आर्जन गरेको छ । बोर्डले आम्दानी गरेको ७ करोड ८५ लाख ३८ हजार ९ सय ८९ रुपैयाँ मध्ये ५ करोड ७३ लाख ७९ हजार रुपैयाँ खर्च भएको बोर्डले जनाएको छ ।
बोर्डले खानेपानी महसुल, धारा जडान लगायत शीर्षकबाट उक्त नाफ आर्जन गरेको बोर्डका अध्यक्ष प्रताप बिष्टले बताउनुभयो ।
खानेपानी बोर्डले चालु आर्थिक बर्षमा ८ करोड ८१ लख ५० हजार रुपैयाँ आम्दानी गर्ने लक्ष्य लिएको अध्यक्ष बिष्टले बताउनुभयो । गत आर्थिक बर्षमा विभिन्न ठाउँमा डिप बोरिङ सन्चालन गर्दै आएको बोर्डले चालु आर्थिक बर्षमा तीन ठाउँमा डिपबोरिङ गर्ने जनाएको छ ।
उपभोक्ता सँग सहकार्य गरी विभिन्न स्थानमा ८ हजार मिटर पाईप बिस्तार गर्ने, हरिकुन्ज पानी पोखरी निर्माण गर्ने लगायत काम गर्ने योजना रहेको बोर्डका निमित्त कार्यकारी निर्देशक सुर्दशन ढकालले जानकारी दिनुभयो ।


938 पटक हेरिएको 

