ललितपुरको महालक्ष्मी नगरपालिकामा नयाँ घर बनाउनेले सेप्टिक ट्याङ्की अनिवार्य बनाउनुपर्छ । सेप्टिक ट्याङ्की बनाएर मात्र पुग्दैन । यसको पनि नगरपालिकाले मापदण्ड बनाएको छ र हरेक सेप्टिक ट्याङ्की नचुहिने र नरसाउने हुनुपर्छ । ढल प्रणालीमा जडान गर्न सकिने घरको हकमा भने सेप्टिक ट्याङ्की बनाउनै पर्ने अनिवार्यता छैन । यसका लागि नगरपालिकाले कुन – कुन वडा ढल रहित र कुन – कुन वडा ढल सहितको भनेर बर्गीकरण गरिसकेको छ । महालक्ष्मी नगरपालिकाको वडा नं. १, २, ३, ४ र ५ लाई ढल प्रणालीमा जोड्ने र ६, ७, ८, ९ र १० मा दिसाजन्य लेदो व्यवस्थापन गर्ने गरी बर्गीकरण गरिसकेको छ ।
दिसाजन्य लेदो व्यवस्थापनको कामको पहिलो खुड्किलो नै सेप्टिक ट्याङ्की हो । सेप्टिक ट्याङ्कीमा जम्मा हुने मानवमल मूत्रको उचित तरिकाले व्यवस्थापन भएमा मात्र पानीको स्रोत एवं वातावरणीय प्रदुषण रोक्न सकिने महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ बताउनुहुन्छ । रसाउने, चुहिने खालका सेप्टिक ट्याङ्की बनाउँदा बर्षौसम्म नभरिने भए पनि यसले जमिनमुनिको पानी तथा मूलको पानी समेत दुषित बनाउने र मानिसलाई विभिन्न रोगको शिकार बनाउने उहाँको अनुभव छ ।
दिसाजन्य लेदो सेप्टिक ट्याङ्कीबाट चुहिएर बाहिर निस्कँदा दुर्गन्धित भई वातावरणीय प्रदुषण हुने र मानव स्वास्थ्यलाई प्रत्यक्ष असर पार्ने भएकाले यसको निरुपणका लागि पनि नचुहिने र नरसाउने (सिल्ड) सेप्टिक ट्याङ्की नै बनाउनुपर्ने उहाँको सुझाव छ । उहाँ भन्नुहुन्छ ‘पानीको प्रदुषण हुनबाट जोगाउने, वातावरणीय प्रदुषण हुन नदिने र मानवीय स्वास्थ्यको रक्षा गर्ने हो भने नचुहिने र नरसाउने (सिल्ड) सेप्टिक ट्याङ्कीको विकल्प छैन ।’
महालक्ष्मी नगरपालिकाले नचुहिने र नरसाउने (सिल्ड) सेप्टिक ट्याङ्की बनाउने कामको कसरी कार्यान्वयन गरिरहेको छ ?
सुनौं मेयर रामेश्वर श्रेष्ठका कुरा :


1489 पटक हेरिएको 

