
नाम्चे : नेपाली सेनाको सफा हिमाल अभियान अन्तर्गत आमाडब्लम हिमालबाट संकलित फोहोर हस्तान्तरण गरिएको छ । नेपाली सेनाले आमाडब्लम हिमालको आधारशिविरबाट संकलित फोहोर सगरमाथा प्रदुषण नियन्त्रण समिति (एसपिसीसी) लाई हस्तान्तरण गरिएको हो ।
जलाउन मिल्ने ६५ किलो फोहोर नेपाली सेनाका क्याप्टेनले सगरमाथा प्रदुषण नियन्त्रण समितिका कार्यकारी अधिकृत कपिन्द्र राईलाई हस्तान्तरण गरिएको कार्यक्रममा सहभागी सगरमाथा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले जानकारी दिनुभयो ।
नेपाली सेनाको हिमाल सफा हिमाल अभियानले संकलन गरेको नकुहिने र नजल्ने फोहोरहरु भने यस अघि नै लुक्ला हुँदै काठमाडौ पठाईसकेको उहाँले जानकारी दिनुभयो ।
नेपाली सेनाले सगरमाथा, ल्होत्से, मकालु, धौलागिरी र आमादब्लम गरी ६ वटा हिमालमा सफा हिमाल अभियान सञ्चालन गरेको थियो । सेनाको सफा हिमाल अभियानले यही वैशाख १७ गते धौलागिरी हिमालमा दुर्घटनाग्रस्त हेलिकप्टर र दुईवटा मानव अवशेष फेला पारेको थियो ।


1332 पटक हेरिएको 

