काठमाडौ : आज विश्व महिनावारी स्वच्छता दिवस नेपालमा पनि मनाईदैछ । महिनावारी समस्यालाई गहिरिएर अध्ययन गर्नुका साथै उचित व्यवस्थापनका लागि हरेक वर्ष मे २८ तारिखमा यो दिवस मनाउन थालिएको हो । नेपालमा यो दिवसलाई मर्यादित महिनावारी स्वच्छता दिवसको रुपमा मनाउने गरिएको छ । महिनावारी भएका महिलाका लागि आवश्यक स्वास्थ्य सुबिधा र यस सम्बन्धि गलत धारणा हटाउनु यो दिवसको मुख्य लक्ष्य हो ।
सदाका बर्षहरुमा सरकारी र गैरसरकारी संस्थाहरुले विभिन्न जनचेतनामूलक कार्यक्रमहरु गरी यो दिवस मनाउने गरिए पनि यस पटक विश्वभरि फैलिइरहेको कोरोना भाइरस महामारीका कारण भिडियो कन्फरेन्समा मात्र सीमित हुने भएको छ ।
यसबर्ष ‘Education For Dignified Mentruation’ भन्ने नाराका साथ भिडियो कन्फरेन्स गर्न लागिएको राष्टिय महिनावारी व्यवस्थापन सञ्जालका अध्यक्ष गुणराज श्रेष्ठले जानकारी दिनुभयो ।


1903 पटक हेरिएको 

