आज विश्व वातावरण दिवस, सरसफाइ सप्ताह पनि आजैदेखि सुरु

🔗
100
Shares


काठमाडौ : आज विश्व वातावरण दिवस । पारिस्थितीकीय पुनरुत्थान (ecological Restoration) नाराका साथ मनाइँदैछ । वातावरण संरक्षणका लागि विश्वमै राजनीतिक र सामाजिक जनचेतना जगाउने उद्देश्यका साथ सन् १९७२ को ५ जुनदेखि १६ जुनसम्म संयुक्त राष्ट्रसङ्घको महासभाले विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो । सम्मेलनको एक वर्षपछि वातावरणीय संरक्षणको आवश्यकता महसुस गरी ५ जुन १९७३ देखि विश्व वातावरण दिवस मनाउन सुरु गरिएको हो ।

‌कोभिड–१९ संक्रमणका कारण यो दिवसमा विगतमा जस्तो औपचारिक कार्यक्रमहरु नभए पनि वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वातावरण विभागले वातावरण संरक्षणका उपलब्धिका विषयमा विज्ञ र सरोकारवालासँग भर्चुअल माध्यमबाट छलफल गर्दैछ । यस पटकको विश्व वातावरण दिवसको आयोजक राष्ट्र पाकिस्तान रहेको छ ।

वातावरणीय ह्रासका असंख्य असरहरु रहेका छन् । मूलतः अतिवृष्टि, अनावृष्टि, बाढीपहिरो, सुख्खा र खडेरी लगायतका मौसमी असरहरु, विश्वभर नै पानीजन्य, हावाजन्य र जीवाणु तथा विषाणुजन्य रोग एवम् महामारीको खतरा, विश्वभर नै बढ्दो खाद्य संकट, वित्तीय स।कट र साधन श्रोतमाथिको दोहनका कारण सृजना हुने भूराजनीतिक तनावहरु वातावरणीय ह्रासले निम्त्याउने प्रमुख संकटको रुपमा रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

सरसफाइ सप्ताह पनि आजैदेखि सुरु

विश्व वातावरण दिवस सँगै नेपालमा राष्ट्रिय सरसफाइ सप्ताह पनि सुरु भएको छ । यही ११ जुनसम्म मनाईने सरसफाइ सप्ताहको नारा “महामारीविरुद्ध हाम्रो अग्रसरता स् खानेपानी, सरसफाइ तथा स्वच्छता” निर्धारण गरिएको छ । नेपालमा सन् २००० देखि राष्ट्रिय सरसफाइ सप्ताह मनाउन थालिएको हो ।

अहिले २२ औं राष्ट्रिय सरसफाइ सप्ताह कार्यक्रम कोरोना संक्रमणलाई मध्यनजर गर्दै भर्चुअल माध्यमबाट खानेपानी, सरसफाइ तथा स्वच्छताको महत्व झल्काउनेगरी मनाईने राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिका सदस्य सचिव प्रभात श्रेष्ठले जानकारी दिनुभयो ।

राष्ट्रिय वास क्लस्टरका सहसंयोजक अरिनिता मास्के श्रेष्ठले सातै प्रदेशमा खानेपानी, सरसफाइ तथा स्वच्छताका प्रदेशमा बढी सरोकार राख्ने विषयमा कार्यपत्र प्रस्तुती, छलफल र योजना सहित भर्चुअल मााध्यमबाट नै राष्ट्रिय सरसफाइ सप्ताह कार्यक्रम मनाइने बताउनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार