शौचालयमै नुहाउन र सेनेटरी प्याड फेर्न मिल्ने सुविधा

पोखरा : तपाई घुम्दै फिर्दै पोखराको पृथ्वी चोकमा पुग्नुभयो र पिसाबले च्याप्यो भने पिसाब फेर्न त पाउनुहुन्छ नै, नुहाएर आउँछु भने पनि पाउनुहुन्छ । यस्तो सुविधा महिला, पुरुष, अपाङ्गता भएका व्यक्ति सबैले प्रयोग गर्न पाउँनेछन् ।

पृथ्बी चोकमा रहेको शौचालयको पुनःनिर्माण गरी अत्याधुनिक सुविधा सहितको शौचालय बनाएपछि महिला पुरूष र अपाङ्गता भएका व्यक्तिको लागि सजिलो हुने भएको हो । शौचालय प्रयोग शुल्क पाँच रुपैयाँ निर्धारण गरिएको छ । तर अपाङ्गता भएका व्यक्तिले निशुल्क प्रयोग गर्न सकिने सहारा क्लव पोखराका अध्यक्ष वीरभद्र आचार्यले बताउनुभयो ।

चार महिना लगाएर पुनःनिर्माण गरिएको शौचालयको हिजो (विहीबार) उदघाटन गरिएको छ ।

शौचालयको पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मान बहादुर जिसीले उदघाटन गर्नुभयो । पोखरालाई स्मार्ट सिटी बनाउने महानगरपालिकाको अभियानमा यस्तो कामले मद्दत पुग्ने अध्यक्ष आचार्यले बताउनुभयो ।

शौचालयको उदघाटन कार्यक्रममा पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मान बहादुर जिसीले क्लवसँग थप सहयोग आवश्यक भएमा महानगरपालिकाले समन्वय र सहयोग गर्ने बताउनुभयो । ‘महानगरपालिकाको स्मार्ट सिटी बनाउने अभियानमा अत्याधुनिक शौचालय निर्माणले सहयोग पुग्ने मैले विश्वास लिएको छु’ प्रमुख जिसीले भन्नुभयो ।

कसको कति सहयोग ?

विभिन्न संघसंस्था र व्यक्तिको सहयोगमा २८ लाख ९८ हजार ९ सय ६० रुपैयाँ लागतमा शौचालयको पुनःनिर्माण गरिएको हो । अध्यक्ष आचार्यका अनुसार शौचालय निर्माणका लागि निम्न संघसंस्था तथा व्यक्तिले सहयोग गरेका छन् ।

१. पोखरा लेखनाथ महानगरपालिका कार्यालय – १४ लाख ३ हजार ९ सय २२ रुपैयाँ

२. बाबा फाउण्डेसन नेपाल – ६० हजार रुपैयाँ

३. बि. बि. निर्माण सेवा, पोखरा लेखनाथ महानगरपालिका १४ — ५५ हजार ५ सय ५५ रुपैयाँ

४. गुरुङ स्टोन सप्लायर्स, बुद्धचोक —३० हजार रुपैयाँ

५. सहारा क्लवबाट १३ लाख ४९ हजार ४ सय ८३ रुपैयाँ


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार