काठमाडौ : विश्वको ७० प्रतिशत भूभाग पानीले मात्र ओगटेको छ । तर त्यसमध्ये २.५ प्रतिशत मात्र ताजा पानीको रुपमा रहेको छ । ताजा पानीको रुपमा पाईने २.५ प्रतिशत पानी पनि सजिलै प्राप्त गर्न सकिने गरी मानिसको पहुँचमा छैन । ती कतिपय सतहमा बगेपनि कति चाहिं जमिन मुनि तथा ग्लेसियरमा रहेका छन् ।
ताजा पानी त्यस्तो पानी हो, जुन सामान्य प्रशोधन गरी मानिसले पिउन सकिन्छ । तर ताजा पानी पनि मानवीय क्रियाकलापका कारण दिनानुदिन प्रदुषित भईरहेको छ । खोलानालामा शौचालयको ढल लगेर मिसाउँदा त्यहाँको पानी प्रदुषित भईरहेको छ भने मापदण्ड अनुसारको सेप्टिक ट्याङ्क नबनाउँदा जमिन मुनिको पानी र पानीको मूल समेत प्रदुषित भईरहेको छ । जसका कारण मानिसहरु फोहोर पानी सेवन गर्न बाध्य छ ।
युनिसेफको सहयोगमा तथ्याङ्क विभागले सन् २०१९ मा गरेको सर्वेक्षण अनुसार ६४ प्रतिशत पानीमा इकोली भेटिएको छ । यस्तै सुधारिएको पानीको स्रोतमा समेत ८४.५ प्रतिशत र जार र बोतलको पनि ६० प्रतिशत पानीमा इकोली भेटिएको थियो । इकोली मानिसको दिसामा पाइने एक प्रकारको खतरनाक जीवाणु हो । नसुधारिएको पानीमा भने ४१ प्रतिशतमा मात्र इकोली भेटिएको छ । यो तथ्याङ्कले ग्रामीण भेगका मानिसहरु भन्दा शहरमा बस्ने मानिसहरु बढी प्रदुषित पानी पिउन बाध्य भएको देखाउँछ ।
सुरक्षित सरसफाइ र सुरक्षित पानी एक अर्काको परिपूरक बिषय हो । सुरक्षित पानीका कारण सुरक्षित सरसफाइमा टेवा पुग्छ भने सुरक्षित सरसफाइ भएमा सुरक्षित पानी पनि प्राप्ति गर्न सक्छौं । यसको एउटै समाधानको उपाय हो ‘शहरव्यापी समावेशी सरसफाइ’ ।
हेरौं नेपालमा खानेपानी र सरसफाइको अवस्था कस्तो छ ? अनि शहरव्यापी समावेशी सरसफाइले सुरक्षित सरसफाइ र सुरक्षित पानी प्राप्तिका लागि कसरी सघाउ पुर्याउँछ ? वाटर एड नेपालका नीति विशेषज्ञ गोविन्द श्रेष्ठले गर्नुभएको भिडियो प्रस्तुतीकरण :


1291 पटक हेरिएको 

