
कपिलवस्तु : महिनादिन अघि ६ जनाको ज्यान लिने गरी फौलिएको कपिलवस्तुको झाडापखाला अझै नियन्त्रणमा आउन सकेको छैन । कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नम्बर ९ बाट सुरु भएको झाडापखालाले शिवराज नगरपालिका, विजयनगर गाउँपालिका र यशोधरा गाउँपालिकामा समेत फैलिए पछि अझै नियन्त्रणमा आउन नसकेको हो । गत १८ असोजबाट सुरु भएको झाडापखाला प्रयोगशाला परीक्षण गर्दा स्थानीयमा हैजा भएको प्रमाणित भएको थियो ।
शिवराज अस्पताल बहादुरगञ्जका अनुसार अहिले पनि दैनिक १० जना बढी उपचारका लागि आउने गरेका छन् । जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार शिवराज अस्पताल बहादुरगञ्जमा १३ सय ३२ जना, बैदौली अस्पतालमा ६१ र शिवराज आधारभूत अस्पतालमा ६ जना उपचारका लागि भर्ना भएका थिए । हालसम्म जिल्लामा ६ जनाको झाडापखालाकै कारण ज्यान गएको छ ।
स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार अस्पतालमा भने अहिलेसम्म कसैको ज्यान गएको छैन । ‘केही दिन कम भएको थियो । पछिल्लो समय पुनः दैनिक ८र१० जना बिरामी आउने गरेका छन् । अझै पनि पूर्ण नियन्त्रणमा आउन सकेको छैन । पहिलाको तुलनामा केही कम भएको छ ।’ शिवराज अस्पतालका डा। मुकेश चौधरीले भन्नुभयो ।
गाउँमा बान्ता र पखालाका बिरामी अहिले बढिरहेको डा। चौधरीले जानकारी दिनुभयो । ‘सुरुका केही दिनमा धेरै जनामा बान्ता र पखालाको समस्या हुँदा नागरिक आत्तिएका थिए । विस्तारै कम हुँदै गयो’ शिवराज नगरका स्वास्थ्य शाखा प्रमुख चूडामणि भट्टराईले भन्नुभयो
।
स्वास्थ्य कार्यालय कपिलवस्तुले खोपका लागि तयारी गरिरहेको जनस्वास्थ्य अधिकृत हेमराज पाण्डेले बताउनुभयो । उहाँका अनुसार साढे २ लाख खोप विश्व स्वास्थ्य संगठनले दिने निर्णय भइसकेकाले आउनासाथ कार्यक्रम लागू गरिनेछ । पहिलो चरणमा ५ वटा स्थानीय तहका नागरिकलाई खोप दिने तयारी छ । खोपसँगै नागरिकले पनि सफा पानी पिउने, हात धुने लगायत सरसफाइमा विशेष ध्यान दिए मात्र झाडापखाला नियन्त्रण हुने स्वास्थ्यकर्मीको भनाइ छ ।


703 पटक हेरिएको 

