हैजा विरुद्धको खोप लगाएपछि स्थानीयबासी ढुक्क, जनस्वास्थ्यविद भन्छन् ‘सरसफाइमा पनि उत्तिकै ध्यान दिनुपर्छ’

कपिलवस्तु : हैजा विरुद्धको खोप लगाएपछि कपिलवस्तुका स्थानीय बासिन्दाले सुरक्षित भएको महसुस गरेका छन् । झाडापखालाबाट कृष्णगनर नगरपालिकामा ४ जना र शिवराज नगरपालिका र यशोधरा गाउँपालिकामा एक–एक जनाको मृत्यु भएपछि आइतबारदेखि जिल्लाको यशोधरा गाउँपालिकाबाट ‘ओरल कोलेरा भ्याक्सिन’ खुवाउन सुरु गरिएको हो ।

खोप खाए पनि सरसरफाईका पक्षहरु उत्तिकै जरुरी रहेको जिल्ला समन्वय सभापति नारायण खनालले बताउनुभयो । पूर्ण खुला दिसामुक्त क्षेत्र नै हैजा रोक्ने सर्बोत्तम उपाय भएकोले सो तर्फ सबै अग्रसर भएर लाग्नुपर्ने उहाँले बताउनुभयो ।

भविष्यमा हुन सक्ने हैजाको प्रकोपलाई रोकथाम गर्न हैजाविरुद्धको खोप सञ्चालनमा ल्याइएको लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारुले बताउनुभयो । “एक वर्षभन्दा माथिका व्यक्तिहरुले अनिवार्य रुपमा हैजाविरुद्दको खोप खाएर हैजा रोकथाममा सहयोग गरिदिनु हुन हार्दिक अपिल गर्दछु” उहाँले भन्नुभयो ।

मंसिर १० गतेसम्म एक वर्षदेखि माथिको उमेर समूहका सबै नागरिकलाई भ्याक्सिन खुवाउने लक्ष्य राखिएको यशोधरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तेजबहादुर सिंहले बताउनुभयो ।

अभियानलाई सफल बनाई जनताको स्वास्थ्य सुरक्षा गर्न नेपाल सरकार विश्व स्वास्थ्य संगठन, युनिसेफ ग्लोवल एलाईन्स फर भ्याक्सिन (गाभि) ले गरेको सहयोग प्रति कपिलवस्तुका जनता खुसी छन् । भ्याक्सिन प्रयोग गरेपछि हैजा प्रभावित क्षेत्रका जनता पाँच वर्षका लागि सुरक्षित भएका छन्’ बैदौली आधारभूत अस्पतालका स्वास्थ्यकर्मी हरि श्रेष्ठले बताउनुभयो ।

अभियानको पहिलो दिन ३ हजार ७ सय १३ जनाले खोप लिएको स्वास्थ्य कार्यालयले जनाएको छ । आज (सोमबार) २५ खोप केन्द्रबाट भ्याक्सिन खुवाईएको छ । एउटा भाइल खोपको मूल्य करिब ५ डलर परेको बताइएको छ । यहाँ देखिएको हैजाको जीवाणुको प्रजाति (कोलेरा ०१) ले कसैको शरीरमा लक्षण देखाउने र कसैलाई लक्षण नदेखाउने प्रकृतिको भएको र तीव्र रुपले फैलिन सक्ने भएको कारणले निकै खतरापूर्ण मानिने ईपिडिमोलोजी तथा महामारी नियन्त्रण महाशाखाका प्रमुख डा. अमृत पोख्रेलले बताउनुभयो ।

खोप खाए पनि सरसरफाईका पक्षहरु उत्तिकै जरुरी रहेको जिल्ला समन्वय सभापति नारायण खनालले बताउनुभयो । पूर्ण खुला दिसामुक्त क्षेत्र नै हैजा रोक्ने सर्बोत्तम उपाय भएकोले सो तर्फ सबै अग्रसर भएर लाग्नुपर्ने उहाँले बताउनुभयो ।

हैजालाई पूर्ण रुपमा नियन्त्रणका लागि पालिकाभित्र विभिन्न किसिमका जनचेतनामुलक कार्यक्रम सञ्चालन गरिदै आइरहेको यशोधरा गाउँपालिकाका अध्यक्ष पाण्डेयले बताउनुभयो । यो खोप दुई पटक खानुपर्ने हुन्छ जसले पाँच वर्षसम्म हैजा लाग्ने सम्भावनालाई न्युन गर्ने स्वास्थ्य कार्यालयको प्रमुख हेमराज पाण्डेयले बताउनुभयो ।कपिलबस्तुलाई ८६ हजार चार सय डोज हैजा बिरुद्धको खोप प्राप्त भएको छ । यशोधरा गाउँपालिकाका ३७ हजार ७ सय ८३ जनालाई खोप लागाइने छ ।

हैजा अभियान हाल पहिलो चरणमा मंसीर ५ देखि १२ गतेसम्म संचालन हुनेछ । जिल्लाका शिवराज, कृष्णनगर महाराजगञ्ज नगरपालिका र विजयनगर गाउँपालिकामा मंसीर ७ गतेदेखि हैजाबिरुद्धको खोप अभियान शुरुवात हुनेछ ।

असोज १८ गतेदेखि कपिलबस्तुको कृष्णनगर नगरपालिका ७, ८ र ९ बाट झाडापखालाको प्रकोप शुरु भएको हो । सो लगत्तै बिजयनगर, यशोधरा, महाराजगंज, शिवराज नगरपालिकाका बिभिन्न गाउँहरुमा झाडापखालाको प्रकोप फैलिएको थियो । सो पालिकामा झाडापखाला प्रभावित भई हैजा पुष्टि भएको छ ।

 

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार