एक गाग्री पानीका लागि रातभर जाग्राम

धादिङ : दक्षिणी धादिङ स्थित गुर्दमका बासिन्दा एक गाग्री पानीको लागि रातभर जाग्राम बस्नुपर्ने बाध्यतामा छन् । जिल्लाका अधिकांश ठाउँमा सरकारले एक घर एक धारा अभियान चलाए भए पनि गुर्दम क्षेत्रमा भने गाँउभरिका लागि पानीको एउटै स्रोत एउटा कुवा मात्र छ । जस्ले गर्दा सो गुर्दमका बासिन्दा पिउने पानीको चरम अभाव भोग्न वाध्य छन् ।

पैँसठ्ठी घर परिवार बसोवास गर्दै आएको गुर्दमका बासिन्दा कि रातभरि जाग्राम बसेर कुवाको पानी संकलन गर्छन कि दुई(तीन घण्टाको बाटो हिँडेर खोलाको पानी ल्याउन बाध्य छन् । गाउँभरिकै लागि जम्मा एउटा मात्र कुवाको पानीको भरपर्नु पर्ने वाध्यताले राम्रो सँग सुत्न नपाएको स्थानीय बासिन्दा बताउँछन् ।

गुर्दमका कतिपय बासिन्दाले वर्षातको समयमा आकासको पानी संकलन गरी राखेर हिउँदमा प्रयोग गर्ने गरेको भएपनि सबै घरमा यस्तो सुविधा छैन । पानी ओसार्नु पर्ने बाध्यताले बालवालिकाहरुको पठनपाठनमा समेत निकै समस्या पर्दै आएको छ । घरका मुलीहरु र बालबालिकाहरु पिउने पानी बोक्न जानुपर्ने भएकोले विद्यालय नियमिन जान नपाएको गुर्दमका पाराङ तामाङले बताउनुभयो ।

‘खानेपानीको यत्ति त समस्या छैन त, पिउने पानीको समेत अभाव छ, लुगा धुने र सरसफाइ गर्ने पानी कहाँबाट ल्याउने ? तामाङले भन्नुभयो ।’ पानीको अभावमा स्वास्थ्य र सरसफाइमा पनि समस्या उत्पन्न भएको उहाँले बताउनुभयो । उहाँका अनुसार गुर्दममा बनेका शौचालयहरु पानीकै अभावका कारण धेरैले प्रयोग गरेका छैनन् । पशुपालक किसानले पानीको अभावमा पशु चौपाया समेत पाल्न छाडेका छन् ।

पानीको अभावमा कतिले गाउँ छाडेपनि आफूहरु गाउँ नै छाडेर जान नसकेको गुर्दमकी सुनितामा तामाङ्ग बताउनुहुन्छ । उहाँले पानीको अभावमा गुर्दमबासीको जिन्दगी नै अस्तव्यस्त बनेकोले खानेपानीको पहल गरिदिन आग्रह गरेका छन् । ‘वस्तीभन्दा तलतिर भएको पानी तानेर पनि पानी खुवाएको समाचारहरु सुन्छौं । हाम्रो गाउँका लागि पनि वस्ती भन्दा तलको मूलको पानी तानेर वितरण गर्न सकिदो हो नि ?‘ तामाङ भन्नुहुन्छ हाम्रो समुदायमा कोही अगुवाई गर्ने व्यक्तिको अभाव भएर पनि होला ? हामी पानीको अभाव सहेर बस्नुपरेको ?’


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार