काठमाडौ : सरकारले सार्वजनिक खरिद नियमावलीको ११ औं संशोधन राजपत्रमा प्रकाशित गरेको छ। गत फागुन २६ गते मन्त्रीपरिषदबाट पारित भएको सार्वजनिक खरिद नियमावलीको ११ औं संशोधन राजपत्रमा प्रकाशन गरिएको हो। संशोधित नियमावली अनुसार अब ३ अर्ब सम्मको काम नेपाली निर्माण व्यवसायीले नै गर्न पाउने छन्।यस अघि १ अर्बसम्मको काम मात्र नेपाली निर्माण व्यवसायीले गर्न पाउने व्यवस्था थियो ।
त्यस्तै एउटा निर्माण कम्पनीले एक पटकमा ५ वटा मात्र आयोजनामा काम गर्न पाउने छ। त्यसैगरी अब १० अर्बसम्मको काममा नेपाली निर्माण व्यवसायीले विदेशी निर्माण व्यवसायीसँग संयुक्त रुपमा काम गर्न पाउने छन्।
हेर्नुहोस् सार्वजनिक खरिद नियमावलीको ११ औं संशोधन :
सार्वजनिक खरिद (एघारौँ संशोधन) नियमावली, २०७८

4275 पटक हेरिएको 

