काठमाडौ : पानीको मूल सुक्दै गएको, भूमिगत पानीको सतह भासिदै गएको, खोलाको पानीको सतह समेत घट्दै गएको जस्ता खबर तपाई हाम्रा लागि नौला होइनन् । तर ती सबैको कारक तपाई हाम्रै बानी व्यवहार हुन् भन्ने कुरा चाहिं बरु नौलो हुन सक्छ ।
कुनै समय पानीको छेलोखेलो हुने ठाउँका मानिसहरु पानी चोर्ने तहमा किन पुग्छन् ? भन्ने यथार्थता नाटकमा उतारेका छन् गुरुकुलका कलाकारहरुले । यत्तिसम्मका कि केटी लिन गएको मान्छे केटी नदिएपछि पानी चोरेर फर्किन्छन् । प्रेम, बिनाश, ठट्यौली जस्ता पक्षको समिश्रणले नाटकलाई सशक्त बनाएको छ । बेला बखत श्रीमती सँग गरेको सम्बाद कम रोमाञ्चक छैन ।

मानिसहरु मेसिन लगाएर भूमिगत पानीको दोहन गरी बोटविरुमा सिँचाई गर्छन्, तर भनेको बेला बन्द गर्दैनन् । कपडा धुनका लागि खोलेको धारा पनि बन्द नगरी पानी खेर फालेको फाल्यै गर्छन् मानिसहरु, दाँत मात्र माझ्नुपर्दा पनि धारा पूरै खोलेर पानी खेर फाल्छन् ।

त्यही मानिसरु रुखविरुवा सबै ढालेर नाङ्गो बनाउँछन् । अनि पोखरी वरपरका रुखविरुवा काटेर वरिपरि फोहोर थुपार्छन्, कञ्चन खोला नदीमा औद्योगिक फोहोर, अस्पतालजन्य फोहोर घरको ढल र दिसापिसाब सबै खोलामै मिसाउँछन् । मानिसहरु खोला नदीमा फोहोर फाल्न तछाडमछाड नै गर्छन् ।
पानीको स्रोत जोगाउनुको सट्टा मास्दै गएपछि पोखरी इनार पनि सुक्न थाल्छ । खोलाको मूल पनि सुक्दै जान्छ र मानिसहरु ट्याङ्करको पानीमा भर पर्न थाल्छन् । एक गाग्री पानी थाप्नका लागि मानिसहरु बीच झैझगडा समेत हुन्छ ।
कलाकारले एक थोपा पानीको कतिसम्म महत्व छ भन्ने कुरालाई एकदमै हृदय छुने तरिकाले देखाएका छन् । त्यसपछि मानिसहरु भोजमा जाँदा समेत अरु खानेकुरा भन्दा पानी पिउन पाएकोमै आनन्द मान्छन् । मान्छेहरु टन्न पानी पिउन पाएकोमा खुसी हुँदै घर फर्किन्छन् ।
पानी चोरको कथा यत्तिमा मात्र पूरा हुँदैन । यसपछिको कथा नाटकमै हेर्नुहोस् । नाटक हेर्न थालेपछि तपाईले सकेको पनि पत्तो पाउनुहुन्न ।
हेर्नुहोस् पानीको चोरको कथा :


773 पटक हेरिएको 

