काठमाडौ : सोलुखुम्बुको पासाङल्हामू गाउँपालिका स्थित खुम्जुङ्ग र खुन्देको फोहोरपानी व्यवस्थापन परियोजनाका लागि भारत सरकारले ४ करोड ११ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने भएको छ।
काठमाडौँ स्थित भारतीय दूतावास, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र खुम्बु पासाङल्हामु गाउँपालिका बीच खुम्जुङ्ग खुन्दे फोहोरपानी व्यवस्थापन परियोजना निर्माणका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ। फोहोरपानी व्यवस्थापन परियोजनाको निर्माणले सोलुखुम्बुको खुम्जुङ्ग गाउँमा बसोबास गर्ने मानिसहरूको स्वास्थ्य र गुणस्तरीय जीवनमा सुधार ल्याउनुका साथै जनस्वास्थ्यका हिसाबले अत्यन्तै आवश्यक सुरक्षित पानी तथा सरसफाइको व्यवस्था गर्ने काठमाडौँस्थित भारतीय दूतावासद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।
नेपालका सातै वटा प्रदेशमा विशेष गरी तल्लो तहमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटी, सरसफाई तथा अन्य सार्वजनिक संरचनाहरुको निमार्ण जस्ता विविध क्षेत्रहरुमा सन् २००३ यता भारतले ५२३ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेको छ भने ४६७ वटा परियोजनाहरु सम्पन्न गरिसकेको छ । त्यसमध्ये सोलुखुम्बु जिल्लामा २ परियोजना सहित प्रदेश १ मा ७८ वटा परियोजनाहरुलाई अघि बढाइएको भारतीय दुतावासले जनाएको छ ।
हेर्नुहोस् दुतावासद्वारा जारी विज्ञप्ती :
India