![]()
रौतहट : दुई वर्षदेखि चन्द्रपुर नगरपालिकाले अलपत्र छाडेको घुम्ती शौचालय प्रयोगमा ल्याएको छ । चार वर्षअघि १५ लाखमा खरिद गरेको दुईवटा शौचालय लामो समयदेखि प्रयोगविहीन थियो । एउटा नगरपालिका र अर्को शेरबहादुर दर्लामी खेल मैदानमा त्यत्तिकै बेबारिसे छाडेको थियो ।
पूर्वपश्चिम राजमार्गमा शौचालय नहुँदा यात्रु समस्यामा परेको भन्दै अघिल्लो कार्यकालमा नगरपालिकाले खरिद गरेको थियो । त्यसैबेला नगरपालिकाले स्थानीय डोम समुदमुख्य चोकमा सञ्चालनमा ल्याएको केही दिएपछि एउटा नगरपालिकाको कार्यालय अगाडि र अर्को खेल मैदानमा छाडिएको हो । लाखौंको खर्च गरेर ल्याएको शौचालय बेबारिसेजस्तै अलपत्र पारेको भनेर नगरपालिका र जनप्रतिनिधिको आलोचना हुन थाल्यो ।
यात्रुहरूको खाना र खाजा खाने गन्तव्यका रूपमा रहेको यहाँ सार्वजनिक शौचालय नहुँदा लामो समयदेखि समस्या झेल्दै आएका थिए । बाहिरबाट किनमेल र कार्यालयमा काम गर्न आउने सेवाग्रही पनि शौचालय खोज्दै यताउता भौंतारिन्थे । बढ्दो सवारी आवागमन र यात्रुका कारण सार्वजनिक शौचालय स्थापना माग हुँदै आएको छ । तर स्थान नभएकाले बनाउन सहज नभएको नगरपालिकाले बताउँदै आएको छ । यही कारण घुम्ती शौचालयको अवधारणा ल्याएको नगरप्रमुख काफ्लेले सुनाए । एउटा सञ्चालनमा आए पनि अर्को चन्द्रपुर ६ मा रहेको खेलमैदानमा बेवारिसे अवस्थामा छ ।
लामो समय एक ठाउँमा राखिएकाले शौचालयको पार्टपुर्जामा खिया लाग्न थालेको छ । भने एउटा चक्का चोरी भइसकेको छ । खेल मैदानमा रहेको घुम्ती शौचालय पनि मर्मत गरी पुरानो बजारमा सञ्चालनमा ल्याउने तयारी भइरहेको नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले बताए । ‘मुख्य व्यापारिक केन्द्र भएकाले नगरभित्रका दक्षिण भेग र बाहिरका मानिस किनमेल गर्न यहाँ आउँछन् । उनीहरू सार्वजनिक शौचालय खोज्न यताउता लाग्छन्,’ उनले भने, ‘शौचालय नहुँदा समस्या देखिएको छ । अब निरन्तर सञ्चालनमा आउँछ ।’


648 पटक हेरिएको 

