२ अर्ब लगानीमा भरतपुरको ढल व्यवस्थापन गरिदै

  वास खवर सम्वाददाता  575 पटक हेरिएको
🔗
47
Shares

चितवन : खानेपानी तथा ढल व्यवस्थापन विभागले चितवनको भरतपुर महानगरपालिकाको ढल व्यवस्थापन गर्ने भएको छ। महानगरपालिकाको सहरी क्षेत्रको बर्षातको पानी तथा शौचालयबाट सीधै ढलमा जाने फोहोर पानीलाई व्यवस्थापन गर्न लागिएको हो । दुई अर्बभन्दा बढीको लगानीमा हुने ढल निर्माणको कामको लागि विभागको एकीकृत खानेपानी तथा सरसफाइ आयोजनाले विस्तृत अध्ययन प्रतिवेदनको काम गरिरहेको छ ।

सरकारले देशका १२ सहरमा खानेपानी र शौचालयबाट निस्केको फोहर तथा ढल व्यवस्थापनको काम गर्ने तयारी छ । तीमध्ये पाँच सहरलाई पहिलो चरणमा राखिएको र ती मध्ये पनि भरतपुर महानगरपालिकाको कामलाई तीव्र रूपमा अघि बढाईने विभागले जनाएको छ।

आगामी असारसम्ममा विस्तृत अध्ययन प्रतिवेदनको काम सम्पन्न गरी बोलपत्र आह्वान गर्ने र त्यसको दुई देखि तीन वर्षभित्र काम सम्पन्न गर्ने विभागको लक्ष्य छ । भरतपुर महानगरपालिकाको वडा नं. १ देखि १२ सम्मका वडामा पहिलो चरणमा यो परियोजना सुरु गरिँदैछ ।

शौचालयबाट निकालिएको फोहरलाई प्रशोधन गरेर मात्र प्रशोधित पानी नदीमा र मल बारीमा प्रयोग गर्ने अवधारणा अगाडि बढाईएको छ । यसैगरी ढलमा बग्ने पानीलाई पनि सोझै नदीमा नमिसाइ प्रशोधन गरेर मात्र विसर्जन गर्ने योजना छ । आयोजना निर्माण सम्पन्न भएपछि ढल मार्फत बग्ने बर्षातको पानीलाई व्यवस्थापन गरी ढल निकास मार्फत पानी जम्न नपाउने गरी व्यवस्थापन गर्ने लक्ष्य छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार