एकीकृत स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन केन्द्र सञ्चालन

नेपालगन्ज : नेपालगन्जमा एकीकृत स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याईएको छ । नेपालगन्ज उपमहानगरपालिकाले सोमबारदेखि एकीकृत स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याएको हो । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २३ हिरमिनियास्थित ल्याण्डफिल साइट परिसरमा निर्माण गरिएको फोहोरमैला व्यवस्थापन केन्द्रको नगर प्रमुख प्रशान्त विष्टले उदघाटन गर्नुभयो ।

एकीकृत स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन केन्दको उद्घाटन गर्दै नगर प्रमुख विष्टले अन्य फोहोरको तुलनामा स्वास्थ्यजन्य फोहोर सबैभन्दा बढी दुषित र संक्रामक हुने बताउनुभयो । यसैका कारण यसको व्यवस्थापनलाई मुख्य प्राथमिकतामा राखेर तदारुकताका साथ काम गरेर सञ्चालनमा ल्याइएको बताउनुभयो ।

फोहोरमैला व्यवस्थापन केन्द्र सञ्चालनका लागि जीआइजेडले २ वटा अटो क्लेब मेसिन र एउटा बेलर मेसिन सहयोग र नेपालगन्ज उपमहानगरपालिकाले संरचना निर्माण गरी एकीकृत स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याइएको वातावरण इन्जिनियर प्रकाश डिसीले बताउनुभयो । उहाँका अनुसार केन्द्रको संरचना निर्माणमा ४६ लाख लागत लागेको छ ।

स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन केन्द्र सञ्चालनको जिम्मा १० वर्षका लागि ुस्वच्छ नेपाल हाम्रो अभियानु नामक संस्थालाई दिइएको छ । स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा आएपछि अस्पतालबाट निस्कने स्वास्थ्यजन्य फोहोर व्यवस्थापन भई यसबाट हुन सक्ने खतरा न्यूनीकरण हुनेछ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार