CWIS Alliance Nepal को बैठक सम्पन्न, मिडियाको भूमिका बिषयमा बृहत छलफल

  वास खबर सम्वाददाता  843 पटक हेरिएको
🔗
48
Shares

काठमाडौ : सिबीसान (CWIS Alliance Nepal) को बैठक सम्पन्न भएको छ । बैठकमा सन् २०२२ मा सिबिसान (CWIS Alliance Nepal) सदस्यहरुले गरेका मुख्य मुख्य कार्यक्रमहरु र त्यसले सरसरसफाइ क्षेत्रमा पुर्‍याएको योगदानको बिषयमा प्रस्तुतीकरण गरिएको छ । सिबिसानमा शहरी सरसफाइमा क्रियाशील विकास साझेदार सहित विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था, निजी क्षेत्र सदस्य छन् । आजै खानेपानी, सरसफाइ र स्वच्छताको क्षेत्रमा खबर प्रकाशन गर्दै आएको WASH Khabar को तर्फबाट प्रधान सम्पादक पी.टी.लोप्चन र इमेज टेलिभिजनको तर्फबाट पत्रकार जगदीश खरेल सदस्य थपिएका छन् ।

बैठकमा बिल एण्ड मेलिन्डा गेट्स फाउण्डेसनको डेपुटी डाईरेक्टर डा. रोसनराज श्रेष्ठले सिबीसान स्थापना देखि अहिलेसम्मको प्रगति एवं भावी कार्यदिशाका बिषयमा आफ्नो विचार व्यक्त गर्नुभएको थियो । यस्तै शहरी सरसफाइ सम्बन्धी सचेतना अभिवृद्धि र यसको मूल प्रवाहीकरणका लागि मिडियाको भूमिका र साझेदारीका बिषयमा व्यापक छलफल गरिएको छ । सिबिसानको अर्को बैठकले सन् २०२३ मा गरिने क्रियाकलापहरुको बिषयमा कार्ययोजना निर्माण गर्नेछ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार