९ बर्षमा बन्यो, बल्ल खानेपानी आयोजना

रूपन्देही, ७ फागुन : बर्षौदेखि प्रदुषित र आर्सेनिकयुक्त पानी पिउदै आएका रुपन्देहीका बासिन्दाले स्वच्छ पानी उपभोग गर्न थालेका छन् । ८ करोड रुपैयाँको लागतमा मोतीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ आयोजना सम्पन्न भएपछि बुटवलको १९, २०, २१ र २२ वडाका बासिन्दाले स्वच्छ पानी उपभोग गर्न थालेका हुन् ।

आयोजनाबाट ११ हजार ५ सय २२ उपभोक्ता लाभन्वित भएका छन् । सरकारको ६ करोड १० लाख ७६ हजार र उपभोक्ताको १ करोड ९० लाख ५४ हजार रुपैयाँ लगानीमा आयोजना सम्पन्न भएको हो । २०६४ सालबाटै निर्माण शुरू भएको आयोजना ९ वर्षपछि बल्ल सम्पन्न भएको हो ।

खानेपानी आयोजनाले ४५ हजार लिटर क्षमताको आरसीसी ओभरहेड ट्यांकी, दुईटा डिप बोरिङ, एउटा पम्प हाउस निर्माण गरिएको छ । बजारका १ हजार ५ सय घरमा धारा जडान गरिएको मोतीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ आयोजनाका अध्यक्ष भीमप्रसाद न्यौपानेले बताउनुभयो ।

रूपन्देहीमा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय अन्तर्गत १३ ओटा खानेपानी आयोजना निर्माणाधीन अवस्थामा छन् ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार