खानेपानी आयोजनाको सम्पत्ति व्यवस्थापन योजना भनेको के हो ? यो कसरी बनाईन्छ

  वास खबर सम्वाददाता  819 पटक हेरिएको


काठमाडौ : कुनै पनि संघसंस्थाको जस्तै खानेपानी आयोजनाको हकमा विभिन्न भौतिक तथा अभौतिक सम्पत्तिहरु हुन्छन् । ती सम्पत्तिहरुको उचित रेखदेख, मर्मत सम्भार लगायत वार्षिक रुपमा लाग्ने खर्च तथा सो सम्पत्तिबाट सार्वजनिक रुपमा सेवा प्रदान गर्ने क्रममा भएका आय आर्जन लगायतका पक्षहरुलार्ई समेटेर व्यवस्थित योजना वनाउनु पर्दछ । यसरी बनाईने योजनालाई नै सम्पत्ति व्यवस्थापन योजना भनिन्छ ।

आफ्नो खानेपानी आयोनजामा भएका सम्पत्तिसँग आन्तरिक तथा बाह्य सरोकारवालाहरुको पहिचान गर्ने, सो सम्पत्तिवाट हुने सेवा र कार्यक्षमता मापन गर्ने र सम्पत्तिको संरक्षण तथा व्यवस्थापनका लागि आवश्यक क्रियाकलापहरु तय गर्ने आदि क्रियाकलापहरु सम्पत्ति व्यवस्थापन योजनामा समेटिएका हुन्छन् ।

बाँके जिल्लाको दुईवटा र ललितपुरको दुईवटा गरी चार वटा खानेपानी आयोजनाले हालै सम्पत्ति व्यवस्थापन योजना बनाएका छन् । बाँकेको बनकटवा खानेपानी र कोहलपुर साना सहरी खानेपानी योजना तथा ललितपुरको लुभु खानेपानी योजना र कालिटार खानेपानी योजना गरी चारवटा खानेपानी योजनाको सम्पत्ति व्यवस्थापन योजना बनाएको एकीकृत शहरी विकास केन्द्र (सिआईयुडी) का प्रोजेक्ट को-अर्डिनेटर शिव श्रेष्ठले जानकारी दिनुभयो ।

खानेपानी आपूर्ति प्रणालीको दिर्घकालीन कार्यक्षमता र दिगोपना सुनिश्चित गर्न शहरी तथा ग्रामीण खानेपानी आपूर्ति प्रणालीको सम्पति व्यवस्थापन योजना तयार पारिएको उहाँले बताउनुभयो । प्राक्टिका फाउण्डेसनको सहकार्यमा एकीकृत शहरी विकास केन्द्र (सिआईयुडी) ले सम्पत्ति व्यवस्थापन योजनाको म्यानुअल समेत निर्माण गरिसकेको छ ।

सम्पति व्यवस्थापन योजना बनाउनुको औचित्य के हो ? सिआईयुडीका प्रोजेक्ट को-अर्डिनेटर शिव श्रेष्ठ भन्नुहुन्छ ‘यो खानेपानी आपूर्ति प्रणालीको प्राविधिक र वित्तीय स्थितिको एक व्यापक दस्तावेज हो, यसले सबै प्राविधिक र वित्तीय समस्याहरूको पूर्वानुमान गर्न र सेवाहरूलाई अनुकूलन गर्न न्यूनीकरण योजनाहरू बनाउन मद्दत गर्दछ भने पानी आपूर्ति प्रणालीको दीर्घकालीन कार्यक्षमता र दिगोपन सुनिश्चित गर्न मद्दत गर्दछ।’

सम्पत्ति व्यवस्थापन योजना तयार गर्ने प्रक्रिया

खानेपानी आयोजनाहरुले आफूसँग भएका सम्पत्तिहरुको उचित व्यवस्थापनका लागि नयाँ नयाँ अभ्यास र प्रविधिहरुको बारेमा पनि अद्यावधिक हुँदै जानुपर्छ । खानेपानी आयोजनाको सम्पत्ति व्यवस्थापन योजना निम्न प्रक्रिया अपनाई तयार गरिन्छ । तलको चित्रमा सम्पत्ति व्यवस्थापनको प्रक्रियागत चरण देखाईएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार