
काठमाडौ : तराईका जिल्लाहरुमा भूमिगत पानी खानेपानीको मुख्य स्रोत हो। तराईका धेरैजसो घर घरै स्यालो ट्युबेल गाडेर जमिन मुनिको पानी तानिरहेको हुन्छ। जमिनमुनिको पानीमा आँखाले नदेखिने धेरै प्रदुषकहरु हुन सक्छ। भूमिगत पानीमा हुने प्रदुषकहरु :
√ ब्याक्टेरिया, भाईरस र प्यारासाईट जस्ता सुक्ष्म जीव कहिलेकाही पानीमा पाईन्छन् । स्यालो ट्युबवेलहरु प्रदूषणको हिसाबले बढि जोखिममा हुन्छन् । पानीको बहाव अर्थात जमिन माथि पानी बग्दा यसले वन्यजन्तु तथा माटोमा भएका प्रदूषण पनि मिसाउछ । यस्तो कुरा बाढी पश्चात पनि हुनसक्छ । यसले विभिन्न प्रकारका रोगब्याधि निम्त्याउन सक्छ ।
√ नाईट्रेट र नाईट्राईट अजैवीक यौगिकहरु हुन् । प्राय मानिसहरुको क्रियाकलापको कारण र ती प्राकृतिक रुपले पनि भूमिगत पानीमा पाईन्छन् । नाईट्रोजनीय पदार्थ (जस्तै युरिया मल) को कारण पनि माटोमा मिसिन पुग्छन् । खानेपानीमा उच्च मात्रामा नाईट्रेट र नाईट्राईट भएमा मानव स्वास्थ्यमा उल्लेखनीय असर गर्दछ ।
√ पानीमा गह्रौ धातुहरु भूमिगत चट्टान तथा माटोबाट मिसिन्छन् । यस्ता धातुहरु कुनै निश्चित क्षेत्रमा पाईए पनि घरायसी ईनार तथा ट्युबवेलहरुमा भने त्यति जोखिमपूर्ण मात्रामा पाईएको छैन । ती मध्ये आर्सेनिक नामक गह्रौ धातु भने नेपालको भूमिगत पानीमा प्रशस्त पाईएको छ ।
√ प्राकृतिक रुपमै उच्च मात्रामा फ्लोराईड नामक तत्व केही क्षेत्रहरुमा पाईएको छ र यसले भूमिगत पानी प्रदूषण गरिरहेको छ । फ्लोराईड दाँतको क्षयीकरणबाट बचाउन उपयोगी पनि छ तर पानीमा यसको मात्रा बढी भएमा हड्डिको तन्तुहरुलाई क्षती पु¥याउछ । अत्यधिक बढी फ्लोराईडको कारण बच्चाको दाँतको रङमा समेत असर पर्छ । सामान्यतया नेपालमा अत्यधिक मात्रामा फ्लोराईड भने पाईएको छैन ।
√ आईरन र म्याग्निज त्यस्ता धातुहरु हुन, जुन माटो, चट्टान तथा मिनरलहरुमा प्राकृतिक रुपमै पाईन्छन् । एक्युफरमा भूमिगत पानी यस्ता तत्वहरुसँग प्रत्येक्ष संसर्गमा आउछ तिनीहरुलाई आफूमा घुलाउछ र तिनिहरुमा भएको तत्वहरुबाट छुटकारा दिन्छ ।
पानीमा आईरन तथा म्याग्निजको सघनता क्रमशः ०.३ र ०.०५ मिलिग्राम प्रति लिटर भएको अवस्थामा पानी प्रयोगहिन तथा असरपूर्ण हुनसक्छ । उदाहरणको लागि त्यस्तो अवस्थामा पानीमा धातुको गन्ध आउने तथा पाईप फिटिङ्हरुमा धातुको स्पष्ट दागहरु देखिने हुन्छ । त्यस्तो पानी मानव स्वास्थ्यको जोखिमको दृष्टिकोणबाट उपयुक्त नहुन सक्छ ।


874 पटक हेरिएको 

