बाढी प्रभावित क्षेत्रमा रेडक्रसले थाल्याे खानेपानी आयाेजना मर्मतको काम

  वास खबर सम्बाददाता  110 पटक हेरिएको

काभ्रे: नेपाल रेडक्रस सोसाइटी काभ्रे जिल्ला शाखाले बाढीले क्षतिग्रस्त खानेपानी आयोजना मर्मत गर्न शुरु गरेको छ ।

रेडक्रसले पनौती नगरपालिकाको वडा नं. १२ मा पाँच हजार लिटरको पानी ट्याङ्की र पाइप वितरण गरेको हो। यसबाट २५ घर लाभान्वित भएका छन् ।

खानेपानीको अस्थायी व्यवस्थापन पछि खानेपानीको लागत अनुमान तयार गरी दीर्घकालीन योजना सञ्चालन गर्ने रेडक्रसकाे योजना छ ।

गत असोज ११ र १२ गतेको बाढी पहिरोले काभ्रे लगायत देशका विभिन्न जिल्लाको खानेपानी संरचनामा क्षति हुँदा कयौं नागरिक खानेपानीबाट बन्चित भएका छ। बाढी पहिरो बाट खानेपानी र सरसफाइ क्षेत्रमा मात्र ८ अर्ब भन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान छ।

रेडक्रसले काभ्रे तथा सिन्धुली लगायत जिल्लामा बाढीले क्षति पुर्‍याएको खानेपानी र सरसफाइ संरचना मर्मत गर्ने प्रतिबद्धता जनाएको छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार