९ बुँदे घोषणा पत्र जारी गर्दै साना शहरी खानेपानी महासंघको अधिवेशन सम्पन्न

खेमराज वलीको नेतृत्वमा १७ सदस्यीय कार्य समिति निर्विरोध चयन

  वास खबर सम्बाददाता  392 पटक हेरिएको


काठमाडौ : ९ बुँदे घोषणा पत्र जारी गर्दै राष्ट्रिय साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपालको अधिबेशन तथा छैठौं बार्षिक साधारण सभा सम्पन्न भएको छ । अधिवेसनले तुलसीपुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका खेमराज वलीको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्य समिति निर्विरोध चयन गरेको छ ।

खानेपानी संस्थाहरुलाई परिरहेको समस्या र त्यसको समाधानको लागि उपभोक्ता संस्था स्वयं र राज्यको तर्फबाट गर्नु पर्ने नीतिका बिषयमा वृहत छलफल गरी महासंघले जारी गरेको घोषणा पत्र :

महासंघले जारी गरेको ९ बुँदे घोषणा पत्र

१. आन्तरिक राजश्वमा PAN वा  VAT मा समाबेस हुनुपर्ने भएबाट अत्यावश्यक दैनिक जीवनमा नभई नहुने खानेपानी उत्पादन गर्ने मुनाफा रहित संस्थालाई असर पर्ने भएकोले खानेपानी जस्तो आधारभुत बिषयमा राज्यले कर छुट दिनुपर्ने ।

२. बिद्युत महसुलको कारण पानीको उत्पादन लागत बढी भई उपभोक्तालाई प्रत्यक्ष मार परिरहेकोले खानेपानीमा बिद्युत महसुल पूर्ण छुट हुनुपर्ने ।

३. राजमार्ग, सडक तथा भित्री सडक बिस्तारले खानेपानीको मूल एवं संरचना एक पछि अर्को क्षति भएकोले समयमै क्षति मुल्याङ्कन गरी DPR मा राखी BOQ बनाउन नेपाल सरकार, सडक बिभाग, प्रदेश सरकार स्थानीय तहको गम्भीर ध्यानाकर्षण गराउने ।

४. खानेपानी आयोजनाको DPR बनाउँदा सरसफाइलाई महत्वराखी सरसफाइको पक्षमा जोड दिन आह्वान गर्ने ।

५. संघीयता कार्यान्वयन सँगै मुलकभर बितरण भएका खानेपानी गुणस्तरीय हुनुपर्ने भएकोले, प्रबिधीमैत्री गुणस्तरीय खानेपानी बितरण गर्न सम्बद्व पक्षसँग आव्हान गर्ने ।

६. मुलुकमा तिब्र गतिमा भएको पूर्वाधार बिकासले खानेपानीका संरचना र बितरण प्रणालीमा साथै बाताबरणीय असन्तुलन हुने गरी खानेपानीका संरचनाहरुमा प्रत्यक्ष क्षति पुग्ने गरेको हुंदा यसले खानेपानी उपभोक्तालाई प्रत्यक्ष असर पर्ने गरेको कारण बाताबरणीय सन्तुलन हुने गरी बिकासका गति अघी बढाउन आह्वान गर्ने ।

७. सेवामुलक खानेपानी उपभोक्ता संस्थाहरुलाई नगर बिकास कोषबाट प्रबाह भएको ऋण र ब्याजमा पूनः समायोजन गरी सुलभ सेवा प्रबाह हुनुपर्ने ।

८. महासंघ कुनै पनि प्रकारका संघ संस्था र निकायसँग समन्वय गरी सहयोगी संस्थाको रुपमा अगाडि बढने ।

९. खानेपानीलाई शुद्ध र मापदण्ड अनुरुप गुणस्तरिय कायम राख्ने प्रतिबद्धता सहित अन्य विभिन्न निर्णय सहित उपस्थित सबैलाई धन्यवाद दिंदै अधिबेशन सहितको छैठौं बार्षिक साधारण सभा बिसर्जन भयो ।

नव निर्वाचित पदाधिकारी

अध्यक्षः खेमराज वली (तुलसीपुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था)

निवर्तमान अध्यक्ष श्री टोरुप प्रसाई (बिर्तामोड खानेपानी तथा सरसफाई उपभोक्ता संस्था)

बरिष्ठ उपाध्यक्ष श्री रामचन्द्र उपाध्याय (खैरनीटार खानेपानी तथा सरसफाई उपभोक्ता संस्था)

उपाध्यक्ष श्री जानका के. सी.(बृहत बिजुवार खानेपानी तथा सरसफाई उपभोक्ता संस्था)

महासचिव श्री दुर्गा बराल (फिक्कल खानेपानी तथा सरसफाई उपभोक्ता संस्था)

सचिव श्री तेज बहादुर चलाउने (लम्की खानेपानी तथा सरसफाई उपभोक्ता संस्था)

कोषाध्यक्ष श्री नारायणी भट्टराई (लेखनाथ खानेपानी तथा सरसफाई उपभोक्ता संस्था)

सह-कोषाध्यक्ष श्री गोबिन्द गिरी (काकडभिट्टा खानेपानी तथा सरसफाई उपभोक्ता संस्था )

कार्य समिति सदस्यहरुः

श्री विद्या श्रेष्ठ -वालिङ
श्री टेक नारायण भुसाल-कोहलपुर
श्री टिकादत्त जोशी-अत्तरीया
श्री कमला गजुरेल सुवेदी-चितवन पर्सा
श्री केशर प्रसाद निर्दोशी-कास्की
श्री शारदा ढकाल-सिन्धुली
श्री ओम खड्का-त्रियुगा
श्री सन्तोष कुमार रौनियार-सुनसरी
श्री संजिव श्रेष्ठ-नुवाकोट
श्री जल कुमार गुरुङ्ग-बिर्तामोड ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार