बर्दिवास नगरपालिकाले थाल्यो जापानिज प्रविधिबाट फोहोरको व्यवस्थापन

  वास खबर सम्बाददाता  147 पटक हेरिएको

बर्दिबास : महोत्तरीको बर्दिवास नगरपालिकामा जापानिज प्रविधिको फोहर प्रशोधन केन्द्र सञ्चालन भएपछि फोहोर व्यस्थापनमा सहज भएको छ । दैनिक छ टन फोहर प्रशोधन केन्द्रमा जलाउन थालेको र यसले नगरभित्रका फोहर व्यवस्थापनमा सहज भएको बर्दिवास नगरपालिकाका प्रमुख प्रल्हादकुमार क्षेत्रीले बताउनुभयो ।

यसअघि फोहर यत्रतत्र फालिँदा दुर्गन्धित हुनुका साथै विभिन्न रोग फैलिने सम्भावना रहेको थियो। हाल केन्द्र स्थापना भएपछि नगर सफा हुन थालेको बर्दिवास नगरपालिका–१४ का निकेश खनालले बताउनुभयो।

नगरमा दैनिक उत्पादन हुने फोहर व्यवस्थापन गर्न बर्दिवास नगरपालिकाले हिट्टा हेब्वी मेशिनरी एण्ड रिसाइकल प्रालिको सहयोगमा बर्दिवास नगरपालिका–८ मा जापानिज प्रविधिको फोहर प्रशोधन केन्द्र सञ्चालनमा ल्याएको हो । फोहर प्रशोधन केन्द्र स्थापना गरिएको हो। केन्द्र स्थापनासँगै फोहर व्यस्थापनमा सहज भएपछि नगरवासी खुसी भएको बर्दिवास नगरपालिका–३ का स्थानीय मनोज थापाले बताउनुभयो।

नगरपालिकाले उक्त कम्पनी सँग रु एक करोड २० लाखमा २० वर्षको सम्झौता गरेको छ। नगरपालिकाले पूर्वाधार तयार गरिदिएको बर्दिवास नगरपालिका प्रमुख प्रल्हादकुमार क्षेत्रीले बताउनुभयो । नगरपालिकाले सामान्य घर परिवारबाट ५० रुपैयाँ र होटल रेस्टुरेण्टबाट फोहरको परिमाण अनुसार बढीमा तीन हजार रुपैयाँ मासिक शुल्क लिने गरेको फोहर प्रशोधन केन्द्रका प्रबन्धक सुरेन्द्र साहले जानकारी दिनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार